अवैध रुपमा भारत लैजादै गरेको अवस्थामा ७ महिलासहित ८ पक्राउ

काठमाडौं  : अवैध रुपमा नेपाली चेलीबेटीलाई भारत लैजादै गरेको अवस्थामा प्रहरीले सात महिलासहित आठ जनालाई पक्राउ गरेको छ । शनिबार राति भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा चितवन, रामेछाप, सुनसरी, उदयपुर र संखुवासभाकी महिला रहेकी छन् । त्यस्तै, पक्राउ पर्ने पुरुषमा सुनसरी इनरुवा–२ का ३० बर्षिय रोहित दर्नाल रहेका छन् । पक्राउ परेका सातै जना महिलालाई केआई नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दर्नाललाई अनुसन्धानका लागी सिमा प्रहरी चौकी रानीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित