काठमाडौं :
धादिङ केन्द्रबिन्दु भएर आज पनि पुनः परकम्पन गएको छ । बिहान ११ बजे ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पन मापन केन्द्रले जनाएको छ । पछिल्लो समय भूकम्पको पराकम्पन आउने क्रम बढेको छ, यसअघि शुक्रबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.२ रेक्टर स्केलको परकम्पन गएको थियो । एक साताअघि परकम्पन पातलिएको भए पनि केही दिनयता परकम्पन आउने क्रम बढेको हो । यसबीचमा सङ्खुवासभा, हुम्लालगायतका स्थानमा साना नयाँ भूकम्प पनि गएका थिए । गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४३० परकम्प गएको केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया