एआईजीहरुको पदस्थापन, अवधि नपुगी बीचमै तानिए दुई एआईजी

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बढुवा सदर भएका नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा  पदस्थापन  गरेको छ ।

 एआइजीमा बढुवा हुनेमा मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन्। मन्त्रिपरिषद्ले  एआईजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआईजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

  त्यस्तै, एआईजी श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी दिइएको छ भने पाललाई मानवस्रोत व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ ।

  ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी विजय भट्टको सरुवा गरेको छ ।अवधि नपुगी बीचमै तानिएका एआईजी भट्टलाई प्रहरी महानिरीक्षकको सचिवालय र लामालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित