सार्वजनिक यातायातमा यौनजन्य दुव्र्यवहार बिरुद्ध अभियान

saarbaकाठमाडौं । नेपाल  प्रहरीले सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार बिरुद्ध सचेतना अभियान सुरु गरेको छ ।महानगरीय प्रहरी परिसर महिला तथा वालवालीका सेवा केन्द्र कालीमाटीले सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार बिरुद्ध गत फागुन १७ गते देखी सचेतना अभियान संचालनमा ल्याएको हो  ।

  प्रहरी निरिक्षक पुर्णिमा चन्दको नेतृत्वमा  दैनिक २ घण्टा अध्याधिक भिडभाड हुने स्थानहरु  कालीमाटी, कलंकी बल्खु, त्रिपुरेश्वर, सुन्धारा पुरानोवसपार्क, कोटेश्वर, चावहिल, महाराजगंज र गोगबु, चोकमा उक्त अभियान संचालन भईसकेको छ । अन्य स्थानहरुमा समेत सचेतना अभियान बिस्तार तथा निरन्तरता दिईने परिसर प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताए ।

   महिला तथा बालवालीका सेवा सेवा केन्द्रवाट खटिएका प्रहरी कर्मचारीहरुले स्थानिय प्रहरीसंगको समन्वयमा सार्वजनिक यातायातमा हुने यौनदुव्र्यवहार सम्वन्धि जानकारी प्रदान गर्ने तथा सो सम्वन्धि तयार गरिएको पर्चा वितरण पनि गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित