५२ केजी लागुऔषध गाँजा सहित चितवनबाट ट्रक चालक पक्राउ

laguaचितवन। जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलिले पुर्वी  चितवनको लोथरबाट  प्रतिबन्धित लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ५२ केजी  ५०० ग्राम लागुऔषध गाँजा सहित ट्रकका चालक विवेक लामालाई पक्राउ गरेको हो।

  ना .२ ख ७१९९ नम्बरको ट्रक चालकको सिट माथिको हुटमा लुकाइ राखेको अवस्थामा पोकामा प्याकिङ गरेको गाँजा सहित ट्रक चालकलाई पक्राउ गरिएको जिल्ला चितवन प्रहरी  प्रमुख एसपी  वसन्त बहादुर कुँवरले जानकारी दिए  ।  ट्रकका चालक लामा मकवानपुर जिल्ला नामटार ६ का हुन । पक्राउ परेका  लामा उपर थप अनुसन्धान भैरहेको कुँवरले बताए।

प्रतिक्रिया

सम्बन्धित