इक्यान अध्यक्षमा पाण्डे विजयी

ecan memberमत परिणामले सबै मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ : पाण्डे

काठमाडौं । एजुकेशन कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे विजयी भएका छन् । मेट्स एजुकेशनका सञ्चालक पाण्डेले  शनिबार भएको निर्वाचनमा  प्रतिद्वन्द्वी नेट्कोटेक टेक्नोलोजीका सञ्चालक सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । पाण्डेले खसेको कुल २ सय ५६ मतमध्ये १ सय ४२ तथा बस्नेतले १ सय १४ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछिको पहिलो पटक सम्बोधन गर्दै अध्यक्ष पाण्डेले आइतबार बिहानीपख आफू निर्वाचित भएको र यो बिहानीले इक्यान र समग्र कन्सल्टेसी व्यवसायमा नयाँ बिहानी ल्याएको बताए । उनले भने–‘बिहानीपखले शुभ संकेतको सुरुवात गरेको छ, तपाईहरुले दिनु भएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्नेछु उनले भने । मत परिणामले सबै मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ, यसका लागि घोषित एजेन्डालाई पूरा गर्दै समग्र व्यवसायको हितमा काम गर्न आगामी दिनमा सबैको साथको अपेक्षा गरेको छु ।’उपाध्यक्षमा भने बस्नेत समूहका राजेन्द्र रिजालले सबैभन्दा बढी मत प्राप्त गर्दै प्रथम उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी बस्नेत समूहकै  निरज सिटौला र पाण्डे प्यानलका विष्णुहरि पाण्डे क्रमशः द्वतिय तथा तृतिय उपाध्यक्षका रुपमा निर्वाचन भएका छन् । उनीहरुले क्रमश १ सय २८, १ सय २६ तथा १ सय २३ मत प्राप्त गरे । यता महासचिव पदमा भने पाण्डे प्यानलका सन्तोष प्याकुरेल १ सय ५५ मतका साथ विजयी भए । प्रथम सचिवमा १ सय ६२ मतका साथ देवीदास भट्टराई, तथा द्वतिय सचिवका रुपमा १ सय १७ मतका साथ उमेश ढुंगेल निर्वाचित भएका छन् । उनीहरु क्रमश पाण्डे र बस्नेत समूहका हुन् । त्यस्तै, कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बु १ सय ४१ मतका साथ निर्वाचित भए भने सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मतका साथ विजयी भए । सदस्यहरुमा सबैभन्दा बढी मत ल्याएर दीपकराज भुषाल (१६०) निर्वाचित भए । अन्य सदस्यहरुमा कमला बस्नेत (१४८),  निरुपमा महर्जन (१४७), गोविन्द अधिकारी (१४०), प्रकाश श्रेष्ठ (१२३), भरत ढकाल (१२१), पुष्पराज भट्टराई (१२०), सुर्यबहादुर डाँगी (११६) र बिक्रम केसीले १०९ मत प्राप्त गर्दै  निर्वाचित भए ।

प्रतिक्रिया

सम्बन्धित