के भन्छन् इक्यानका उम्मेदवारहरु ?

इक्यान अब काउन्सिलको हैसियतमा जानुपर्छ सरोजकुमार बस्नेत अध्यक्षका पदका उम्मेदवार saroj basnetप्रभावशाली व्यक्तित्व र आइटीमा विशेष दख्खल राख्ने बस्नेत नेट्को टेक्नोलोजी प्रालिका सञ्चालक तथा वर्तमान उपाध्यक्ष हुन् । आफूले गर्न खोजेका कामहरु आफ्नो नेतृत्व नहुँदा गर्न नसकिएको र दशौं साधरणसभामार्फत आएका कार्ययोजनाहरु पूरा गर्नका लागि नै इक्यानको नेतृत्व लिन चाहेको बताउने बस्नेतले साथीहरुको सहयोग र सल्लाहका कारण नै उम्मेदवारी दिएका हुन् । बस्नेत इक्यानलाई काउन्सिलको हैसियत दिलाउन, राज्यले ल्याउने नीति नियमले व्यवसायलाई पारेको असरहरुको अध्ययन गरी छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यानाकर्षण गराउन, अन्तर्राष्ट्रिय स्तरका सूचना केन्द्रहरु नेपालमा ल्याउन, इक्यानमा इलाइब्रेरीको व्यवस्था गर्नलगायतका एजेण्डाहरु बोकेर चुनावी मैदानमा उत्रिएका छन् । ‘अहिले एउटै कन्सलटेन्सीमा आएर धेरै देशको शैक्षिक अवस्थाका बारेमा बुझ्नु पर्ने बाध्यता छ । त्यसलाई न्यून गर्न, जस्तै सम्बन्धित देशको राजदूताबाससँग समन्वय गरी सूचना केन्द्रहरु स्थापनाका लागि पहल गर्न, युकेका लागि ब्रिटिस काउन्सिल भनेजस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, अमेरिका, जापान, चीनलगायका देशको पनि सूचना केन्द्रहरु नेपालमा ल्याउनका लागि पहल गर्न, इक्यानमा इलाइब्रेरीको व्यवस्था गर्न, व्यवसायीहरुलाई आधारभूत तालिमको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय स्तरका वर्कसपहरु जस्तैःवाइबा, ईसाना, नाप्सा, आइसिएफका वर्कसपहरु नेपालमा सञ्चालन गरेर एजेन्ट र विद्यार्थीहरुलाई जानकारी दिलाउन तथा विद्यार्थीहरुबाट लिईंदै आएको एक प्रतिशत शैक्षिक करबाट पनि विद्यार्थीले के–कस्तो सुविधा उपभोग गर्न पाउँछन् त्यसको खोजी गरी विद्यार्थी तथा अभिभावकहरुलाई सहज हुने बाटो खोज्न मैले भरपुर प्रयास गर्ने छु ।’ बस्नेत भन्छन् ।

मेरा एजेण्डा र अडान स्पष्ट छन् प्रकाश पाण्डे, अध्यक्ष पदका उम्मेदवार prakash-pandayअध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पाण्डे मेट्स एजुकेशनका सञ्चालक तथा वर्तमान उपाध्यक्ष हुन् । उनी इक्यानमा सक्षम र स्पष्ट कार्यदिशा भएको व्यक्तिका रुपमा परिचित छन् । इक्यानको अध्यक्षका लागि अनुभवलाई नै पाण्डेले मुख्य आधार बनाएका छन् । विगतमा राम्रो काम गरेकाले नै आफू यो स्थानमा आइपुगेको बताउने पाण्डेले विदेश विभाग प्रमुख रहँदा ब्रिटिस काउन्सिलसँगको समन्वयमा नेपाली विद्यार्थीका लागि आइइएलटिएस परीक्षा सहज रुपमा दिन पाउने व्यवस्थाको पहल गरेका थिए । जसका कारण अहिले ब्रिटिस काउन्सिलले नेपाली विद्यार्थीका लागि २० प्रतिशत कोटा समेत छुट्टयाएको छ । नेपालबाट विदेश अध्ययनका लागि विद्यार्थीले सरकारलाई तिर्ने एक प्रतिशत सेवा शुल्क विद्यार्थी कै हितमा प्रयोग गर्नका लागि सरकारसँग माग गर्ने उनले बताएका छन् । शैक्षिक परामर्श व्यवसायमा संलग्न व्यवसायीको चित्रण गर्नका लागि सञ्चारमाध्यमसँग समन्वय गरेर कार्यक्रम ल्याउने कार्यदिशा पनि पाण्डेले एजेण्डामा समेटेका छन् । तपाईलाई किन उम्मेदवारहरुले मत दिने त ? भन्ने प्रश्नमा उनी भन्छन्–‘एउटा अध्यक्षमा हुनुपर्ने दक्षता मसँग छ र त्यो विगतमा देखाइसकेको पनि छु । मेरा एजेण्डा र अडान स्पष्ट छन् ।’

आईडीपी र आईसीइएफ नै मेरो एजेण्डा निरज सिटौला (भुपेन्द्र) उपाध्याक्ष पदका उम्मेदवार niraj daiउपाध्यक्ष पदका लागि सरोजकुमार बस्नेतको समूहबाट प्रतिस्पर्धामा उत्रिएका सिटौला एजुकेशन पार्कका सञ्चालक हुन् । दक्ष परामर्शदाताको परिचय बनाइसकेका सिटौला बर्तमान केन्द्रिय सदस्य हुन् । अस्ट्रेलियाका नाम चलेका १० भन्दा बढी विश्वविद्यालयको ‘एजेन्टशिप’ लिएको सिटौलाद्धारा सञ्चालित एजुकेशन पार्कको कार्यालय भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा समेत छ । आईएसओ ९००१–२००८ प्रमाणित कम्पनी एजुकेसन पार्क तयारी कक्षाका लागि पनि अग्रस्थानमै छ । २०१६ देखी यो कम्पनीले इटीएस टोफेलको परिक्षा केन्द्रको समेत मान्यता पाएको छ । सिटौला आफै पनि ‘प्रोफेसनल कन्सल्ट्यान्ट’ हुन । यिनले एउटा एजुकेसन कन्सल्टान्टलाई चहिने अधिकांस अन्तर्राष्ट्रिय तालिमहरु लिइसकेका छन । संगठनलाई नयाँ परिवेश अनुसार अगाडि लैजाने सोचाइका साथ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सिटौला आइडीपी भन्ने संस्थालाई नेपालमा भित्र्याउने एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका छन् । ‘यसको सफल कार्यान्वयन नै मेरो प्रमुख एजेन्डा हुनेछ । आईसीइएफ वर्कसप नेपालमा सञ्चालन गर्ने र परामर्श क्षेत्रलाई अझ व्यवस्थित बनाउँदै राज्यको मुल संयन्त्रसँग जोड्न पहल गर्नेछु ।’– सिटौला बताउँछन् । विद्यार्थी, अभिभावक तथा व्यवसायीको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको आइइएलटिएसको परिक्षा दिनका लागि ‘डेट’ दिलाउन सहज बनाउने कुरालाई सिटौलाले एजेन्डाका रुपमा अगाडि सारेका छन् । जुन समस्यालाई आइडीपीले समाधान गर्ने उनको विश्वास छ । वर्तमान केन्द्रीय समितिमा रहेका सिटौलाले नै अगाडि सारेको यो मुद्दा सफल भएमा विद्यार्थी तथा अभिभावकहरुको समस्या समाधान हुने कन्सलटेन्सी व्यवसायीहरु नै बताउँछन् । विश्वभरमा विभिन्न खालका कार्यक्रमहरु गर्दैै आएको आइसिइएफ भन्ने संस्थाले एजेन्ट, युनीभर्सिटी तथा कलेजहरुलाई एउटै छातामुनी ल्याएर व्यवसायमा सहकार्य गर्न सहज पु¥याउँदै आएको छ । आइसिइएफले नेपाल ठूलो बजार हो भनेर नेपाललाई पनि प्रतिनिधित्व गरिसकेको छ । आइसिईएफका विश्वका विभिन्न देशहरुमा वर्कसपहरु सञ्चालन भइरहेका छन् । सिटौला आफूले चुनाव जितेको खण्डमा त्यस्ता वर्कसप नेपालमा सञ्चालन गर्नका लागि पहल गर्ने समेत बताउँछन् ।

सामूहिक स्वार्थका लागि लड्न खोजेको हुँ महेश भण्डारी, महासचिवका उम्मेदवार mahesh-bhandari-239x300इक्यान कास्कीको संस्थापक अध्यक्ष हुँदै लगातार तीन कार्यकाल नेतृत्व गरिरहेका भण्डारी काठमाडौं उपत्यका बाहिर इक्यानको ब्राण्डिङ र मार्केटिङका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन् । भण्डारी गैरराजनीतिक छविका कारणले पनि सदस्यहरुमाझ लोकप्रिय छन् । किङ्ग इन्स्टिच्यूटका सञ्चालक रहेका भण्डारी भन्छन्–‘करिअर काउन्सिलिङ संवेदनशिल पेशा हो, सिजनल व्यवसाय भने होइन ।’ उनी आफ्नो धारणा यसरी राख्छन्–‘मैले ठूलै कुरा गर्न खोजेको छैन । एउटा कार्यकाल इक्यानको सिपाही भएर आप्mना कुरा राख्दै सामूहिक स्वार्थका लागि लड्न मात्रै खोजेको हुँ । यो प्रक्रिया झुसिल्किराबाट पुतली हुनु जस्तै हो । झुसिल्किरा मात्रै भएर बस्न चाहिनँ, र यो स्वभाविक प्रक्रिया पनि हो ।’ इक्यानलाई हुर्काउने, बढाउने, सच्चाउने र सपार्ने मुद्दा र मन मिलेका कारण सरोजकुमार बस्नेत समूहबाट आफुले उम्मेदवारी दिएको उनी बताउँछन् । ‘मेरा सवाल र मुद्दाहरू बुझाउन खोज्दा अर्कोले कहिल्यै नबुझिदिएको र यसरी बसिरहँदा मेरा मुद्दाहरू ओझेलमा पारिएको देख्दा देख्दै चुपचाप बसिरहन सकिन, त्यसैले यो बेला चुनावमा उत्रेको छु । अर्कोले सुनेन भनेर गुनासो गर्नुभन्दा कार्यान्वयन गर्ने अधिकार सम्पन्न पदमै पुगेर मेरा मुद्दाहरू उठाउनु श्रेयकर हुनेछ ।’ उनले थपे ।

एउटै उद्देश्य बोकेका संस्थालाई एकै ठाउँमा ल्याउनुपर्छ महेशबाबु तिमिल्सिना, उपाध्यक्ष पदका उम्मेदवार mahes babuकंगारु एजुकेशन फाउण्डेनशनका सञ्चालक तिमिल्सिना वर्तमान कार्यसमितिम महासचिव छन् । साहित्यमा पनि विशेष रुचि राख्ने तिमिल्सिना इक्यानमा सकेसम्म राजनीति नहोस् भन्ने धारणा राख्छन् । उनी समान उद्देश्य बोकेका संघहरुसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउँछन् । अहिले इक्यानभित्रै पनि केही कन्सलटेन्सीहरु इक्यानको मर्यादा विपरित काम गरिरहेका छन् । के तपाई त्यस्तालाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्–‘कन्सलटेन्सीहरुले गलत काम गरेका छन् भने कारबाहीको दायरामा आउनु पर्छ । र, कुनै पनि हालतमा कारबाही गरेरै छाड्छौ । कुनै विद्यार्थीको उजुरी परेको अवस्थामा वा आफैलाई त्यस्ता कन्सलटेन्सीले गलत गरेको अवस्थामा कारबाही गरेर छाड्छौ ।’ तपाईको उम्मेदवारी किन ? भन्ने प्रश्नमा उनी भन्छन्–‘इक्यानलाई अझै राम्रो संस्थाको रुपमा विकास गर्नका लागि मेरो उम्मेदवारी रहन्छ । दुई कार्यकाल महासचिव भएर काम गरें । त्यतिबेला आफ्नो क्षमताले भ्याएसम्म गर्न सक्ने योगदान इक्यानमा गरें भने अब एक पद माथि रहेर अझ यो भन्दा धेरै राम्रो काम गर्न सकिन्छ कि भन्ने सोचाइले मैले उम्मेदवारी दिएको हुँ । इक्यानमा अहिले १३ वटा बिभाग छन् । नयाँ कार्य समिति आएपछि केहि फेरबदल हुन सक्छन् । तर, मेरो विशेष रुची भनेको विदेश विभागमा हो । त्यहाँ विदेशी संघ संस्थाहरुसँग सहकार्य गर्ने, एम्बेसी, हाईकमिसनसँग समन्वय गर्ने काम यो विभागले गर्ने भएकाले मेरो त्यतातिर विशेष चासो छ ।’ त्यसो त इक्यान, आइरिन, फिक्यान, नायर जस्ता संस्थाहरुको उद्देश्य एउटै भएकाले एकजुट गराउनुलाई पनि तिमिल्सिनाले एजेण्डाका रुपमा अघि सारेका छन् ।प्रोफेसनल कन्सलटेन्सीको संख्या बढाउनु पर्छ राजेन्द्र रिजाल, उपाध्यक्ष पदका उम्मेदवार rajendra rijalकाठमाडौं इन्फोसिस एजुकेशन कन्सलटेन्सीका सञ्चालक रिजाल बस्नेत समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । कन्सलटेन्सी क्षेत्रमा देखिएका आन्तरिक तथा बाह्य समस्या समाधान गर्न र व्यवसायीहरुको पिर मर्का र समस्यालाई बुझेर कन्सलटेन्सीहरुलाई व्यवस्थित र सम्बद्र्धन गर्नका लागि आफूले विषेश पहल गर्ने उनी बताउँछन् । उनी भन्छन्–‘इक्यानमा प्रोफेसन कन्सलटेन्सीहरुको संख्या बृद्धि हुँदै जानु पर्छ, जसले विद्यार्थीहरुको हक हितका लागि काम गर्न सकोस् । सदस्य संस्थाहरुका लागि आवश्यक तालिम तथा दिने व्यवस्था मिलाउन तथा इक्यानको आधिकारीक वेभसाइटबाट विभिन्न देशका शैक्षिक संस्थाहरुको बारेमा पूर्ण जानकारी गराउनका पनि पहल गर्नेछु ।’ जसका कारण विद्यार्थीहरुले कुनै पनि कन्सलटेन्सीमा जाँदा आधारभूत सूचना पाइसकेका हुन्छन् । ‘वर्तमान नेतृत्वले स्वदेशलाई मात्र हेर्न सकेको छ भने अब आउने नेतृत्वले विदेशलाई पनि समेटेर दोहोरो सूचना आदानप्रदान गर्न मेरो भूमिका महत्वपूर्ण हुनेछ ।’ शालिन र भद्र स्वभावका रिजाल भन्छन् । आफ्नो जिम्मेवारीलाई अझै बढाउन र व्यवसायको प्रवद्र्धनका लागि फेयर मेनेजमेन्ट पनि आफूले हेर्ने उनी बताउँछन् । हाम्रो कार्यसमितिको पहिलो एजेन्डा भनेको साधरणसभाले पारित गरेका वा तय गरेका योजनाहरुलाई नै कार्यान्वनय नै गर्ने हो । कार्यकारी पद हुने भएकाले यसको काम भनेको ‘फेसिलिएट’ गर्ने हो । कन्सलटेन्सी र संघ बीच, विद्यार्थी, अभिभावकलाई सही जानकारी दिन सकियोस भनेर कन्सलटेन्सीहरुलाई तालिम दिने र नियमन गर्ने नै हो ।क्षमता भएका व्यक्ति नेतृत्वमा आउनु पर्छ दिपकराज भुसाल, सदस्य पदका उम्मेदवार bhusal1इक्यानमा सक्रिय सदस्यको रुपमा काम गर्दै आएका भुसाल इनलाइटेन एजुकेशनका सञ्चालक हुन् । आफुले पाएका जिम्मेवारी सफल रुपमा पूरा गरिसको र आगामी दिनमा पनि सबैसँग सहकार्य गरी आफ्नो कार्यदक्षताले पाएका भूमीका निर्वाह गर्ने प्रण गर्दै सदस्य पदमा उम्मेदवारी दिएको उनी बताउँछन् । संस्थामा सक्षम नेतृत्वको आवश्यकता रहेको हुँदा काम गर्न सक्ने क्षमता भएका ब्यक्ति नै नेतृत्वमा आउनु पर्नेमा उनी जोड दिन्छन् । इक्यानका साधारण सदस्यहरुका समस्याहरुलाई इक्यान कार्यसमितिमा पु¥याउने पुलको काम गर्दै समस्या समाधानमा सहयोगी भूमिका खेल्न, इक्यान इन्डोर्स कलेजको अवधारणलाई कार्यान्वयन गर्न पहल गर्न तथा विभिन्न देशका कुटनितिक नियोगसँगको सम्बन्ध बढाउन पहल गर्नमा उनको जोड छ । त्यसो त इक्यान कन्सलटेन्सीहरुको एउटा छाता संगठन भएकाले आफ्नै किसिमको नीति र नियम भित्र बाँधिएको छ जुन कन्सलटेन्सीहरुले इक्यानको सदस्यता लिएका छन्, तिनीहरुले ति सबै नियमहरु मान्नै पर्ने उनी बताउँछन् ।निर्देशिका व्यवसायको प्रतिकुल सुर्यबहादुर डाँगी, सदस्य पदका उम्मेदवार suryaयुरो एसिया एजुकेसन कन्सल्टेन्सीका निर्देशक सुर्यबहादुर डाँगीले विभिन्न मुद्दालाई स्थापित गराई छाड्ने प्रतिवद्धताकासाथ सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी निर्देशिका जुन दशौं वर्ष अगाडी मन्त्रालयमा केही सिमित अनि समग्र उद्योगलाई प्रतिनिधित्व गर्ने नाममा एकात्मक बजारका हिमायतीहरुदारा प्रवेश गराइएको उनी बताउँछन् । आवश्यक्ताको पहिचान नगरिकन जबरजस्ती लाद्न खोजिएको त्यो निर्देशिका व्यवसायको प्रतिकुल रहेको उनको भनाई छ । त्यस्तै व्यवसायको नाममा राजनिती गर्ने र व्यवसायीहरुको हकहितको निमित्त उच्चतम कल्याणकारी भूमिका खेल्नुपर्ने शैक्षिक परामर्श संघलाई राजनितीक दलको भातृसंगठनको रुपमा विकास गर्न नहुनेमा उनी जोड दिन्छन् । निहीत स्वार्थ प्राप्त गर्न शैक्षिक परामर्श संघमार्फत अधिकारको दुरुपयोग पनि भएको हुँदा त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी आवश्वयकता रहेको उनको भनाइ छ । उनी भन्छन्–‘आफ्नो दिर्घकालिन स्वार्थसिद्धिको निम्ती प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा केही ठूला व्यवसायिक घराना र शक्तिकेन्द्रको हालिमुहाली गराई यस क्षेत्रलाई आफ्नो अनुकुल बनाउन उद्यत हुने, साना क्षमताका व्यवसायीहरुको अस्तित्वलाई अस्वीकार गर्ने र निषेधको व्यवसायलाई प्रवद्र्धन गर्न जुनसुकै हतकन्डा मच्चाउन तयार केही राजनितीक दलका एजेन्टहरुको अभिलाषाको अंगभंग गर्नु आजको टड्कारो आवश्यक्ता हो ।’

प्रतिक्रिया

सम्बन्धित