सेनाकी श्रीमतीको फन्दामा इन्सपेक्टर

sirjana chhorकाठमाडौं । धन देखेपछि महादेबको पनि त्रिनेत्र भने झै दुई सन्तानकी एक आमाले आफू भर्जिन भएको भ्रम छरेर नेपाल प्रहरीका एक सोझा इन्सपेक्टरलाई बेवकुफ बनाउन सफल भएकी छन् । दोलखा घर भई भक्तपुर सूर्य बिनायक डेरा गरी बस्ने सृर्जना घिमिरेले नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर लोकनाथ लामिछानेलाई बिवाह गर्छु भन्दै ठगी गर्न सफल भएकी हुन । इन्सपेक्टर लामिछाने प्रहरी अस्पतालमा कार्यरत छन् भने उनलाई ठगी गर्ने घिमिरे भने महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छिन् । २७ बर्षिय घिमिरेले योजनाबद्ध तरिकाबाट इन्सपेक्टर लामिछानेलाई ५९ लाख रुपैंयाँ ठगी गरेको जाहेरी परिसरमा परेपछि उनलाई पक्राउ गरी अनसुन्धान गरिएको परिसरका डिएसपी दिनेश आर्चायले बताए । बिबाहित घिमिरेको दुई छोरा छन् भने श्रीमान नेपाली सेनामा कार्यरत छन् । घिमिरेकी श्रीमान भने यतिबेला शान्ति सेनाको मिशन अन्र्तगत कंगोमा रहको स्रोत बताउँछ । यसरी फसे इन्सपेक्टर आफन्तको धुम्वाराहीस्थित औषधि पसलमा जाने क्रममा ठगी धन्दाकी ‘मास्टर माइण्ड’ घिमिरेसँग प्रहरी इन्सपेक्टर लामिछानेको भेट भयो । हेर्दा सोझा र भलादमी खालका लामिछानेलाई फसाउन सजिलो हुने भएपछि दुई सन्तानकी आमा घिमिरे अबिवाहित भएको नाटक मन्चन गर्दै लामिछानेसँग निकट हुन थालिन । भर्खरै आफ्नो श्रीमतीसँग सम्बन्ध बिछेद गरी एक्लो महशुस गरेका लामिछानेले हेर्दा चटक्क परेकी युवती पाएपछि दंग परे । बुढी श्रीमतीले छाडेर के भो त, तरुनी पाएपछि भन्दै उनले आफ्नो उमेरको ख्यालै गरेनन् । बिस्तारै घिमिरेको योजनामा फस्दै गए र उनी बिवाह गर्ने निष्कर्षमा पुगे । बिवाहका लागि सुन बनाउने, घरको सामान किन्ने र घर बनाउन जग्गा किन्ने बहानामा घिमिरेले लामिछानेसँग पटक–पटक गरी ५९ लाख रुपैंया ठग्न सफल भइन । यो ठगी धन्दामा उनलाई आफन्त पर्ने पार्बती घिमिरेले समेत साथ दिएको जाहेरीमा उल्लेख छ । पटक–पटक बिभिन्न बहानामा पैसा माग्ने तर बिवाह गर्ने कुरा टार्न थालेपछि एक दिन फोनमा घिमिरेले ‘तिमीले पिण्ड खाने बेला भयो, समाजमा तिम्रो र मेरो जोडी सुहाउँदैन बरु मलाई इन्जिनियर केटा खोज्देउ’ भनेपछि लामिछानेले बल्ल आफू ठगीएको महशुस गरे । त्यसपछि उनी न्यायका लागि प्रहरीमा पुगेका हुन् । आफू जस्तै गरी अरु पनि मुर्गा नबनुन भनेर प्रहरीमा पुगेको उनले बताए । - यूनाईटे पोष्ट

प्रतिक्रिया

सम्बन्धित