हराएको ताराको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो, यात्रुहरु सबैको मृत्यु भएको पुष्टि

Tara-Air-Viking-काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए । घटनास्थलमा नेपाली सेना र प्रहरी भन्दा पहिले स्थानीय बासी पुगेका थिए । दुर्घटनास्थलमा यत्रतत्र छरिएर रहेका शवहरु चिन्न नसक्ने अवस्थामा छन्। विमानको मुख्य भाग भीरमै जलिरहेको अवस्थामा रहेको स्थानीयले बताएका छन् । विमानको पङ्खा, साम्रागी र केही शव तल खाल्टोमा खसेको समेत उनले बताए। म्याग्दीको दाना र मुस्ताङको लेते गाविसबाट करिव ६ घण्टाको पैदलयात्रामा पुग्न सकिने भएपनि मौसम खरावीका कारण नजिकै पुगेपछि मात्रै विमान देखिएको स्थानीयले बताएका छन्। विमानको आवाज आएको सोलीघोप्टे भन्ने स्थानमा जाँदै गरेका स्थानीले त्यसको करिव डेढघण्टा तल नै विमान भेटेका थिए। को–को थिए यात्रु ? १ रेवती बराल २ मुक्तिनाथ वास्तोला ३ विनिता भट्टचन ४ कृष्णलाल भट्टचन ५ दिलकुमारी गौचन ६ देविजंग गुरुङ ७ फन्जोक गुरुङ ८ लक्ष्मी हिराचन ९ मोति बहादुर केसी १० पवित्रा केसी ११ लेप्राङ लामा १२ बालकृष्ण न्युरे १३ कान्छा परियार १४ डोल्मा छिरिङ शेर्पा १५ राजकुमार तामाङ १६ कमला थकाली १७ माक्सी युङ चिनियाँ नागरिक १८ राल रसिद अहमत कुबेती नागरिक चालक दल क्याप्टेन ः रोशन मानन्धर को–पाइलट ः डिकेस नेम्कुल र, परिचारिका ः रोमा राउत विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित