भण्डारीको उम्मेदवारीसंगै रोचक बन्दै इक्यान चुनाव

maheshकाठमाडौं  । नेपाल शैक्षिक परामर्श संघ (इक्यान )को   फागुन १५ गते हुने निर्वाचनमा महासचिव पदका लागि महेश भण्डारीले उम्मेदवारी दिएपछि चुनाव रोचक हुने भएको छ। इक्यान कास्कीका अध्यक्ष भण्डारीले सरोजकुुमार बस्नेतको प्यानल अन्तरगत रहेर उम्मेदवारी सार्वजनिक गरेका हुन् । महासचिव पदमा  प्रकाश पाण्डेको समुहबाट   सन्तोष प्याकुरेल पनि भिड्दैछन् । इक्यान कास्कीको संस्थापक अध्यक्ष हुँदै लगातार तीन कार्यकाल नेतृत्व गरिरहेका भण्डारी काठमाण्डौं उपत्यका बाहिर ईक्यानको ब्राण्डिङ र मार्केटिङका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व हुन् ।

  भण्डारी गैरराजनीतिक छविका कारणले पनि सदस्यहरुमाझ लोकप्रिय  छन् । यसअघी  अध्यक्षका प्रत्यासी  बस्नेतले अर्को समूहले छाडेका तथा छरिएर रहेका व्यवसायिहरुलाई पनि  समेटेर लैजाने बताएसंगै  महासचिवका उम्मेदवार रहेका राजेन्द्र रिजाललाई आन्तरिक सहमति अनुसार उपाध्यक्ष पदमा उठाउने निर्णय भएको छ ।

  यो निर्णयसंगै  बस्नेत समुहबाट अब उपाध्यक्ष पदका लागि राजेन्द्र रिजाल, निरज सिटौला (भुपेन्द्र)  र महेशबाबु तिमिल्सना बलिया दाबेदार बनेका छन् ।बस्नेत समुहले स्पस्ट भिजनका साथ  ब्याबसायिक एजेण्डा बाहिर ल्याइसकेको छ  । पाण्डेको समूहबाट  शालिकराम भण्डारी,  विष्णुहरी पाण्डे र यशोदा भट्टराई उपाध्यक्ष पदका  उम्मेदवार हुन  ।

प्रतिक्रिया

सम्बन्धित