इक्यानको चुनाव प्रचार प्रसार तीब्र,के भन्छन उपाध्यक्षका उम्मेदवार

nirajjकाठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को  चुनावको प्रचार प्रचार तीब्र पारिएको छ । इक्यानमा उपाध्यक्षको लागि एजुकेशन पार्कका संचालक निरज सिटौला (भुपेन्द्र ) प्रतिस्पर्धामा उत्रँदै छन् । दक्ष परामर्शदाताको परिचय बनाइसकेका सिटौला बर्तमान कार्यसमितीमा सदस्य छन्  ।सुन्धारास्थित सिभिल मलमा रहेको एजुकेशन र्पाकका संचालक हुन निरज । अस्ट्रेलियाका नाम चलेका १० भन्दा बढी विश्वविद्यालयको ‘एजेन्टशिप’ लिएको यो कन्सल्टेन्सिको कार्यालय भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा समेत छ ।

 आईएसओ ९००१–२००८ प्रमाणित कम्पनी एजुकेसन पार्क तयारी कक्षाका लागि पनि अग्रस्थानमै छ। २०१६ देखी यो कम्पनीले इटीएस टोफेलको परिक्षा केन्द्रको समेत मान्यता पाएको छ । सिटौला आँफै पनि ‘प्रोफेसनल कन्सल्ट्यान्ट’ हुन । यिनले एउटा एजुकेसन कन्सल्टान्टलाई चहिने अधिकांस अन्तराष्ट्रिय तालिमहरु लिइसकेका छन ।

 संगठनलाई नयाँ परिवेश अनुसार अगाडि लैजाने सोचाइका साथ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सिटौला आफ्ना  एजेण्डाबारे यसो भन्छन – 'अहिलेको अवस्थामा शैक्षिक परामर्शदातालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । जसका लागि शैक्षिक परामर्शदातालाई पनि काम गर्न सजक गराउने तथा सरकारका नीति नियमहरु बारे जानकारी दिनु पर्दछ । मैले विद्यार्थी, अभिभावक तथा व्यवसायीको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको आइइएलटिएसको परिक्षा दिनका लागि ‘डेट’ दिलाउन सहज बनाउने कुरालाई एजेन्डाका रुपमा लिएको छु ।

  त्यस्तै, अष्ट्रेलियाको आइडिपी भन्ने सस्थालाई छिट्टै नै नेपालमा सञ्चालन गरी आइइएलटिएसको ‘डेट’ दिलाउन पहल गर्नेछु । विश्वभरमा विभिन्न खालका कार्यक्रमहरु गर्दैै आएको आइसिइएफ भन्ने संस्था छ । जसले एजेन्ट, युनीभर्सिटी तथा कलेजहरुलाई एउटै छातामुनी ल्याएर व्यवसायमा सहकार्य गर्न सहज पु(याउँदै आएको छ । आइसिइएफले नेपाल ठूलो बजार हो भनेर नेपाललाई पनि प्रतिनिधित्व गरिसकेको छ । आइसिईएफका विश्वका विभिन्न देशहरुमा वर्कसपहरु सञ्चालन भइरहेका छन् । मैले चुनाव जितेको खण्डमा त्यस्ता वर्कसप नेपालमा सञ्चालन गर्नका लागि पहल गर्नेछु ।'

प्रतिक्रिया

सम्बन्धित