अब एउटा मात्र आखाँ देख्नेले लाईसेन्स पाउने,अदालतले फुकायो गाठो

kanoकाठमाडौं । एउटा मात्र आखाँ देख्ने व्यक्तिलाई सवारी चालक अनुमती पत्र दिन पुनरावेदन अदालत बागलुङले राज्यका निकायलाई आदेश दिएको छ। अदालतको आदेश पछि एउटा मात्र आखाँ देख्नेले लाइसेन्स पाउने बाटो खुलेको हो।सवारी चालक अनुमती पत्र कार्यालय धौलागिरी बागलुङले एउटा मात्र आखाँ देख्ने पर्वत खाजिगाँउ ३ का उपेन्द्र तिवारीलाई लाइसेन्स दिन नमिल्ने भन्दै फर्काइदिएपछि तिवारी आफूले लाइसेन्स पाउनुपर्ने माग गर्दै पुनरावेदन अदालत बागलुङको ढोका ढकढकाउन पुगेका थिए।

 निवेदक उपेन्द्र तिवारीले आफूले २ वर्षमै भाइरसका कारण बायाँ आखाँ दृष्टि गुमाएको तर राज्यले दिनुपर्ने अपाड्ड सम्बन्धि सेवा सुविधा समेत नदिएको कारण अन्यायमा परेको भन्दै उनी अदालत गएका थिए। उनले जिल्ला प्रशासन कार्यालय पर्वत, गाविस कार्यालय खानिगाउ पर्वत, महिला तथा बालबालिका कार्यालय पर्वत र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र धौलागिरी बागलुङलाई विपक्षी प्रत्यक्षी बनाई मुद्दा दायर गरेका थिए।

 निवेदक तिवारीले आफूलाई अपाड्ड भए अपाड्ड परिचय पत्र देउ नभए लाइसेन्स परीषामा सहभागी हुने अवसर देउ भन्ने माग राखेर पुनरावेदन अदालत गएका थिए। पुनरावेदन अदालत बागलुङले २०७२ कार्तिक ११ गते जारी गरेको आदेश अनुसार निवेदकलाई सवारी चालक अनुमती पत्र लिन परीषामा सहभागी गराउन ऐन नियमले अयोग्य नबनाएको भन्दै परीक्षामा सामेल हुने अवसरबाट बञ्चित नगराउन भनेको छ।

 न्यायाधीशद्वय भीमबहादुर बोहरा केदार प्रसाद चालिसेको इजलाशले त्यस्तो आदेश दिएपछि एक आखाँ दृष्टि गुमाएको व्यक्तिलाई अपाड्ड भन्न नमिल्ने र उसले सवारी चालक अनुमती पत्र हलुका को परीषामा सहभागी हुन पाउने बाटो खुलेको छ। अदालतको यो निर्णय पछि देशभरका सवारी चालक अनुमती पत्र कार्यालयहरुले एक आखाँ मात्र देख्ने व्यक्तिलाई हलुका सवारी चालक अनुमती पत्रको लाइसेन्स परीषामा सहभागी गराउनु पर्ने अनिवार्य भएको छ।

 सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र तत् सम्बन्धि व्यवस्था गर्न बनेका नियमावली, निर्देशिकाहरुमा लाइसेन्स परीषार्थीको योग्यतामा स्पष्ट व्यवस्था नगरिदिदा अदालतले यस्तो निर्णय दिन बाध्य भएको छ। एक मात्र आखाँ देख्ने  व्यक्तिलाई लाइसेन्स परीषामा सामेल गराउँदा उसले परीषा उतीर्ण गरेमा लाइसेन्स दिनुपर्ने बाध्यता सिर्जना गराएको छ तर त्यसबाट हुन सक्ने सम्भाव्य खतरालाई भने अदालतको निर्णय मौन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित