डिनको आकमण्र्यता संगै मणिपालमा तनाव

manipalबन्जरा /पोखरा । मणिपाल ग्रुपले पोखरामा शिक्षण अस्पताल सञ्चालनमा आउँदा पोखरा मात्र हैन्, यस भेग र गण्डकी धौलागिरी अञ्चलका बासिन्दाहरुमा ठूलो खुसी सञ्चार भएको थियो। प्रविधि सम्पन्न मेडिकल कलेज र त्यसको मातहतमा रहेको शिक्षण अस्पतालले ठूलो समूहलाई सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

  तर अहिले नेपालको हड्ताल संस्कृतिले गाँजेर लगेको छ, मणिपाललाई। भारतीय लगानीमा सञ्चालित मणिपाल शिक्षण अस्पतालले आफ्नो मिसनलाई शसक्त रुपमा सञ्चालन गर्न नसकेको अवस्था छ। नीति र थिति भन्दा पनि हड्तालको बेथितिबाट मणिपाल शिक्षण अस्पताल गुज्रिरहेका कारण हजारौ जनताहरु उपचारबाट बञ्चित हुन परिरहेको छ।मणिपाल हस्पिटल हड्तालका कारण धेरै पटक सर्बसाधारण जनताले हैरानी खेप्न बाध्य पारिएका छन्। कर्मचारी चिकित्सक र हस्पिटल व्यवस्थापनका विवादको सिकार सेवाग्राहीहरु भएकाछन्।

 यतिखेर पनि मणिपाल शिक्षण हस्पिटल हड्तालमा उत्रिरहेको छ। कर्मचारी र व्यवस्थापनको तनावको फल सर्वसाधारणमा पर्न गएको छ। दुई साँढेहहरु जुधिँदिँदा बाच्छाहरु मिचाइमा परेका छन्। स्वास्थ्य क्षेत्र हड्ताल गर्न नपाइने निषेधित क्षेत्र हो। तर पनि अधिकार मुखि प्रवृत्तिका कारण ठूला संस्था र ट्रेड यूनियनहरु हाबी भइदिँदा सर्वसाधारण र असंगठित जनताहरु पेलाइमा परेका छन्। मणिपालका चिकित्सक र कर्मचारीहरुले ओपीडी बन्द गराएका छन्। नो वर्क नो पे को नितिका कारण तलब खानका लागि दिउँसोको ओपिडी खुलाउने नाटक रचे पनि त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन। चिकित्सकहरु ढोकामा ताल्चा लगाएर हिड्ने गरेको गुनासो विरामीहरुबाट सुन्नु सामान्य भइसकेको अवस्था छ।मणिपाल कलेजले मेडिकल कलेजका विद्यार्थीहरुबाट रकम कुम्ल्याएर मालिकलाई पोस्ने भएपछि विरामीबाट उठ्ने २/४ सय रुपैयाको व्यापारप्रति उनीहरुले आखाँ चिम्लिएको हुन सक्ने टिप्पणी भइरहेका छन्। व्यापारमुखी भइदिएका कारण सेवा मुखी भाव र कार्यशैली हावी भएका छन्।

यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा जानु परेको बताउँछन्। प्रत्येक दुई÷दुई वर्षमा तलब सुविधा बृद्धि गर्नुपर्ने निर्णय कार्यान्वयन गर्न अस्पताल तयार नभएको लगायतका मागहरु राखेर उनीहरु हड्तालमा उत्रिएको बताएका छन्।

  सरकारले ठोस कदम नचालेको कारण अस्पताल प्रशासन र कर्मचारी ठेगानमा नआएका बताइएको छ। व्यवस्थापनको कमजोरी हो कि अस्पतालमा कार्यरत कर्मचारीको उदण्डताका कारण हड्ताल भएको हो। तत्काल छानबिन गरेर निकास दिनु जरुरी रहेको नागरिक अगुवाहरु बताउँछन्। किन ढिलाई भइरहेछ हस्पिटलको सेवा सुरु गर्न सरकारले तत्काल छानबिन गरेर दोषीलाई दण्ड दिन आवश्यक छ। नत्र यो वितण्डा र अराजकताका कारण हजारौ नागरिकहरु प्रत्यक्ष मारमा पर्ने अवस्था आउने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित