इक्यानमा दुई समूहबीच टक्कर

ecannnकाठमाडौं । एजुकेशन कन्सलटेन्सीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । व्यवसायिहरुको छाता संगठन भए पनि अधिकांश उम्मेदवार भने कांग्रेस र एमाले पार्टीको मातहतमा रहेर चुनाव लड्दैछन् । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय सरोजकुमार बस्नेत र प्रकाश पाण्डेबीच प्रतिस्पर्धा हुने बताइएको छ । दुई प्यानलमध्ये नेट्कोटेक टेक्नोलोली प्रालिका अध्यक्ष बस्नेतको समूह कांग्रेससँग आवद्ध छ भने मेट्स एजुकेशन प्रालिका सञ्चालक पाण्डेको समूह एमालेसँग आवद्ध छ ।

  यद्यपी बस्नेतले भने अर्को समूहले छाडेका तथा छरिएर रहेका व्यवसायिहरुलाई समेटेर लैजाने बताइसकेका छन् । बस्नेतको समूहबाट उपाध्यक्षमा एजुकेशन पार्कका निरज सिटौला (भुपेन्द्र), कंगारो एजुकेशनका महेशबाबु तिमिल्सना र ओपारोका पदम भट्टराई  रहेका छन् । तीन उपाध्यक्ष पदमा पाण्डेको समूहबाट द नेक्स्टका सञ्चालक शालिकराम भण्डारी, रोयल एजुकेशनका सञ्चालक विष्णुहरी पाण्डे र यशोदा भट्टराई छन् । विष्णुहरीले चुनाव लड्ने या नलड्ने विषयमा अझै टुंगो लगाइसकेका छैनन् ।

  त्यस्तै, महासचिवमा बस्नेतको समूहबाट काठमाडौं इन्फोसिसका राजेन्द्र रिजाल छन् भने पाण्डे समूहबाट अहिलेसम्म महासचिव पदका उम्मेदवार तय भएको छैन । महासचिवमा कमन फाउण्डेसनका सन्तोश प्याकुरेल पनि आकांक्षी हुन ।  रिजाल  र प्याकुरेल मध्य एकलाई सर्वसम्मत बनाउने प्रयास पनि  जारी रहेको इक्यान श्रोत बताउँछ  ।  सचिवमा बस्नेत समूहबाट उमेश ढुंगेल र रजनी श्रेष्ठले पाण्डे समूहका श्रीराम पौडेल र देविदास भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।

   कोषाध्यक्षमा बस्नेत समूहबाट भरत रेग्मी र पाण्डे समूहबाट रमेश वाग्लेको नाम बाहिर आएको छ भने सह कोषाध्यक्षमा बस्नेत समूहबाट राकेश श्रेष्ठ उठ्दै छन् । त्यस्तै पाण्डे समूहमा भने सहकोषाध्यक्षमा खड्ग ताम्लिङको नाम परेको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुमा शेषराज भट्टराई, दिपकराज भुषाल, राजेश चापागाईं, निरुपमा महर्जन, सुजन चौहान, सपनाराज भण्डारी, विकेश श्रेष्ठलगायत चर्चामा छन् । अधिकांश व्यवसायिहरु भने इक्यानमा राजनीतिक एजेण्डा लैजान नहुने पक्षमा छन् । पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले इक्यानमा प्यानल खडा गर्न नहुने र सहमति अनुसार नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन्,आजको यूनाइटेड पोष्टमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित