चुनावमा भत्तामै ८ अर्ब खर्च

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ । यो जनशक्तिका लगि सरकारले निर्वाचनका लागि विनियोजन गरेको कुल बजेटको आधाभन्दा बढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो । अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।निर्वाचनमा कर्मचारीको हकमा मासिक दर्जा र तलबमानका आधारमा १२१ प्रतिशत भत्ता, निर्वाचनकै क्रममा मृत्यु भएमा बिमाबापत २० लाख रुपैयाँ र बिरामी भए उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ । कर्मचारीले निर्वाचनमा दैनिक ३० करोडभन्दा बढी रकम भत्ताबापत पाउँछन् । यसबाहेक सरकारी दर्जाअनुसार कर्मचारीले अतिरिक्त सुविधासमेत पाउनेछन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सरकारले निर्धारण गरेका नीतिनियम र परिधिभित्र रहेर कर्मचारीलाई निर्वाचन अवधिभर भत्ता लगायतका सेवासुविधा उपलब्ध गराइने बताए ।यो खबर आजको कारोवारमा छ । काराेबारबाट

प्रतिक्रिया

सम्बन्धित