प्रहरी फसाउन अख्तियारद्धारा ‘बद्नाम गिरोह’ परिचालन

lokmanकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अप्रेसन’ का नाममा प्रहरीलाई घुस सहित रंगेहात पक्राउ गर्न थालेपछि प्रहरीमा आतंक मच्चिएको छ । संगठनका केही खराब प्रहरी अधिकृत पक्राउ परेपनि अख्तियारले प्रहरी संगठन कै बद्नाम हुनेगरी प्रचारबाजी गरेको घटनाले आईजीपी उपेन्द्रकान्त अर्याल अख्तियारसँग रुष्ट बनेको प्रहरी स्रोत बताउँछ । अख्तियारले स्टिङ अप्रेसनका नाममा बद्नाम गिरोह परिचालन गरेपछि आईजीपी अर्यालले मातहतका प्रहरीलाई विचलित नभई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् ।

 केही समय अघि अख्तियारले नेपाल प्रहरीकै डिएसपी केपी शर्मालाई हातमा लिएर निर्दोष प्रहरीलाई फसाएको थियो । तर, अहिले भने भारतीय जाली नोट प्रकरणमा पक्राउ परी कारबाही भोगेका व्यक्तिलाई अख्तियारले स्टिङ अप्रेसनका नाममा परिचालन गरेको छ । यसमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेको बताइएका सञ्जय झाको समूह सक्रिय रहेको छ । विवादास्पद व्यक्ति झा आफै भारतीय जाली नोट प्रकरणमा सजाय भोगेका व्यक्ति हुन् । अख्तियारले स्टिङ अप्रेसनका क्रममा डिएसपी दयानीधि ज्ञवाली, इन्सपेक्टर रमेशकुमार सिंह र सई लालमणी पाण्डेलाई घुससहित रंगेहात पक्राउ गर्दा झालाई नै परिचालन गरेको यूट्युवमा अपलोड भएको भिडियोमा देखिन्छ ।

  ‘डिएसपी ज्ञवाली बद्नाम प्रहरी अधिकृत हुन् तर, उनीभन्दा धेरै बद्नाम भने झा नै हुन् ।’ अख्तियार कै एक अधिकारी बताउँछन् । स्रोतका अनुसार झालाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै संरक्षण दिएर स्टिङ अप्रेसनमा खटाएपछि उनका अवैध क्रियाकलापलाई प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन । ३५ किलो सुनको सुराकी काण्डका असली सुराकी रहेका झाले डिआईजी प्रकाश अर्याललाई पनि अख्तियारदेखि संसदसम्म बयान दिन बाध्य बनाए । यो सुराकी काण्डलाई टुंगोमा नपु-याई अख्तियार प्रमुख कार्कीले हतियार बनाएर प्रहरीमा खेलेको समेत चर्चा छ ।

  झा उनै व्यक्ति हुन्, जसले आफूलाई प्रमा होल्डिङ प्रालिको सुपरभाइजर भन्दै खानेपानी बोर्डबाट गोप्य सरकारी कागजात फुत्काउन सफल भएका थिए । तत्कालिन कार्यकारी निर्देशक हरिप्रसाद ढकालले झा विरुद्ध प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही भएन । झाले खिचेको जासुसी क्यामेराकै आधारमा श्रम मन्त्री कुमार बेलबासे पदबाट राजीनामा गर्न बाध्य भए । सार्वजनिक ओहोदामा रहेका विभिन्न व्यक्ति तथा पदाधिकारीलाई झुक्याएर फसाउने, कारबाहीको दायरामा तान्ने र बद्नाम गरिदिने भन्दै बार्गेनिङ गरेको उजुरी प्रहरीमा पर्दासमेत उनीमाथि कुनै कारबाही हुन सकेको छैन,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ  । ।

   लतिलपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत डा. नुतन शर्मा पनि झाकै कारण निलम्बनमा परेकी हुन् । गर्भ पतनका लागि लिंग पहिचान गरेको र गर्भपतन गर्न उत्प्रेरित गरेको अभियोगमा उनलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको थियो । झामाथि शुरुमा नुतनसँग गर्भपतनको भिडियो देखाएर बार्गेनिङ गरी पैसा नदिएपछि उजुरी गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित