कोइरालालाई श्रद्धाञ्जलि दिन रङ्गशालामा घुइँचो
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरू काठमाडौँ आउन थालेपछि घुइँचो बढेको हो । कोइरालाको गृहजिल्ला बाँके, बाग्लुङ, चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरू आउनेक्रम जारी रहेको छ । मङ्गलबार बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको शवलाई श्रद्धाञ्जलि दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको थियो ।
प्रतिक्रिया