२२ डिआईजीको सरुवा,सिआईवीमा सिलवाल

silwaalकाठमाडौं। बिबादका बीच गृहमन्त्रालयले २२ जना प्रहरी नायब महानिरीक्षकहरु  (डिआईजी)को सरुवा गरेको छ । विहीबार मन्त्रीस्तरीय निर्णयबाट नवराज सिलवाललाई अपराध अनुसन्धान महाशाखाबाट सिआईवी, जयबहादुर चन्दलाई ट्राफिक महाशाखाबाट लागु औषध विभाग, प्रकाश अर्याललाई अनुसन्धान तथा अन्वेषण महाशाखाबाट उपत्यका ट्राफिक महाशाखामा सरुवा गरिएको छ  । सिलवाल र चन्द भावी अाइजिपीका दाबेदार हुन ।

  अर्याल ३५ किलो सुनको नक्कली सुराकी कान्डमा अख्तियारमा मुद्दा खेपीरहेका छन् । त्यस्तै अाइजिपीको सचिवालयमा रहेका प्रवक्ता कमलसिंह  बमलाई  पश्चिमाञ्चल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका पशुपति उपाध्यायलाई  मध्यक्षेत्र, केशरीराज घिमिरेलाई लागु औषधबाट पूर्व, माधव नेपाललाई सूदूपश्चिमबाट मध्यपश्चिम सरुवा गरिएको छ ।

 विजयराज भट्टलाई सुदूपश्चिम, गोविन्द निरौलालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका विजयलाल कायस्थलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

  पूर्वमा रहेका माधवराज जोशीलाई महानिरीक्षकको प्रवक्ता बनाइएको छ । मध्यक्षेत्रका देवेन्द्र सुवेदीलाई अन्वेषण तथा अनुसन्धा महाशाखा, रामकुमार खनाललाई महिला तथा बालबालिका महाशाखा, महिला तथा बालबालिका महाशाखाका मिङमार लामालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयका मधु पुडासैनीलाई अपराध अनुसन्धान विद्यालय, मध्यपश्चिमका केशवराज अधिकारीलाई तालिम निर्देशनालय, प्रवन्ध निर्देशनालयमा रोमेन्द्र देउजा, मानवस्रोतमा श्याम खड्का, प्रहरी प्रशिक्षण प्रतिष्ठाका रणबहादुर चन्दलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरत सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित