चितवनका सार्वजनिक स्थानमा धुम्रपान सेवन गरे प्रहरी कारबाही

group of teenage girls smoking behind a shed

काठमाडौं । चितवन प्रहरीले सार्वजनिक स्थानमा सुर्तीजण्य पदार्थ सेवन गर्ने १ सय दुई जनालाई  नियन्त्रणमा लिई  सम्झाएर छाडेको छ ।   बिश्व क्यान्सर दिवश २०१६ को उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय चितवन र मातहतको प्रहरीले क्यान्सर बिरुद्धको अभियानमा जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा उनीहरुलाई  नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको हो  ।

 यो सचेतना कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय चितवनले निरन्तरता दिने एसपी बसन्त कुँवरले जानकारी दिए   । अवका दिनहरुमा सार्वजनिक स्थानमा बसेर  धुम्रपान तथा सुर्तीजण्य पदार्थ सेवन गरेको पाईएमा सुर्तिजण्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित