लाभकर तिराउन एनसेललाई लेखा समितिले कस्दै

Axiata-Ncell

काठमाडौं। निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलको  शेयर र कर छली   विवाद संसदको सार्वजनिक लेखा समितिमा पुगेको छ। लेखा समितिले मंगलबार एनसेलको सेयर खरीद बिक्री तथा करको विषयमा छलफल गर्ने भएको छ ।एनसेलको सेयर बिक्री तथा करको विषयमा यसअघि संसदकै विकास समितिमा छलफल भएपछी   एनसेलले दैनिक पत्रीका र केही अनलाईनमा कर तिर्न नपर्ने मनशायले खन्डन समाचार छपाएको थियो ।

  विकास समितिले एनसेल बिक्रीमा कर उठाउनेदेखि एनसेललाई पब्लिक कम्पनी बनाउन  पर्ने सुझाव दिएको थियो।   स्थानीय सेयर बेच्ने निरजगोविन्द श्रेष्ठ तथा सेयर खरिदकर्ता भावना सिंह श्रेष्ठवीच भएको एसपिएमा भने स्वदेशी २० प्रतिशत सेयरका लागि जम्मा ३ अर्ब ३१ करोड रुपैयाँ मात्रै मूल्य तय गरिएको छ। यसमा लाभ कर छल्न एनसेलले आफ्ना करतुत लुकाएको प्रस्ट देखिन्छ    स्वेदशी २० प्रतिशत सेयर भने टेलियासोनेराले चार अर्ब ८० करोड रुपैयाँमा मात्रै बेच्दैछ। त्यसका लागि भावनाले सिंगापुरमा सुनिभेरा भेञ्चर क्यापिटल नामको कम्पनी खडा गरेर टेलियासोनेरालाई रकम भुक्तानी गर्दैछिन् ।एनसेलले तिर्नु पर्ने कर कै बिषयमा पूर्व अर्थ सचिव रामेश्वर खनालले पहिलो पोस्ट अनलाइनमा नेपालको एनसेलको टेकओभर टेलियासोनेराको माध्यम कम्पनी सेन्ट किट्समा भएको दर्ता भएको रेनल्ड होल्डिङ्सबाट भएको उल्लेख गरेका छन् । उनले भनेका छन् -' यो कारोबारमा एनसेलको सेयर सिधै टेलियासोनेराले बिक्री गरेको तथा मलेसियाको कम्पनी एक्जियटाले खरिद गरेको देखिँदैन। एनसेल सञ्चालनका लागि जुन प्रबन्ध गरिएको छ, त्यो आधारमा मूलुभुत र सारभुत रुपमा आयआर्जन गर्ने सम्पत्ती एनसेल नेपालमै रहेको र त्यसैलाई आधार बनाएर बनाइएको धितोपत्र रेनल्ड होल्डिङको कारोबार देश बाहिर हुँदा त्यसबाट सिर्जना भएको पुँजीगत लाभ वापतको कर बाहिर तिर्नुपर्छ कि त्यो नेपालमा तिर्नुपर्छ भन्ने प्रश्न अहिलेको मूल प्रश्न हो। अब करको विषयलाई सबिस्तार व्याख्या गर्दा यसका दुई वटा पक्षहरु हेर्नुपर्ने हुन्छ।

 एउटा टेलियासोनेराको अन्तरनिहीत स्वामित्वमा रहेको ८० प्रतिशत स्वामित्व र नेपाली साझेदारको स्वामित्वमा रहेको २० प्रतिशत सेयरको अंश।  ८० प्रतिशत सेयरको अंशमा एक खर्ब ३६ अर्ब रुपैयाको मूल्यांकन गरिएको छ। एनसेलको वासलात सार्वजनिक रुपमा उपलब्ध छैन। तर बिभिन्न स्रोतबाट प्राप्त वासलात हेर्दा आर्थिक वर्ष २०७१र७२ सम्म एनसेलसँग करिब ५७  अर्ब रुपैयाको सञ्चित मुनाफा देखिन्छ। एनसेलको सुरुको कुल सेयर पुँजी दश करोड रुपैयाँमा ५७ अर्ब रुपैयाँ सञ्चित मुनाफा जोड्दा करिब ५७ अर्ब १० करोड र यो आर्थिक वर्षको जुन मितिमा यो सेयर हस्तान्त्रण हुँदैछ त्यो मितिसम्मको कुरा गर्दा त्यो बढेर ६३ अर्ब रुपैयाँ भएको हुन सक्छ। ६३ अर्ब रुपैयाँ सञ्चित मुनाफा भएको कम्पनी, लगानीमा जुन दरको प्रतिफल छ, त्यसलाई हेर्दा एनसेलको १४१ अर्ब रुपैयाँको जुन भ्यालुएशन छ त्योभन्दा बढी हुनु पर्ने देखिन्छ। यस हिसाबमा जुन मूल्यमा कारोबार गर्ने भनिएको छ त्यो अन्तर्राष्ट्रिय बजारको तुलनामा कमै हो। कुनै पनि कम्पनीको कितावी मूल्य सय रुपैयाँ छ भने र त्यो व्यवसायको भविष्यमा आर्जन गर्ने मुनाफाका आधारमा तेब्बर चौबर पुग्दा आश्चर्य मान्नु पर्ने कुरा छैन्।

 मूल्यांकनको सम्बन्धमा अझै केही कम मूल्यांकन गरियो कि भन्ने प्रश्न पनि गर्न सकिने अवस्था छ। र यो फेरि ज्यादै कम मूल्यांकन पनि होइन। एक हदसम्म टेलियासोनेराले मूल्यमा पारदर्शिता कायम गर्न खोजेको देखिन्छ। टेलियासोनेराको अन्तर्निहीत स्वामित्वमा रहेको सेन्ट किट्स र नेदरल्याण्डको सम्पत्ती एक्जियटालाई बिक्री गर्ने क्रममा जुन लाभ(करिब १३६ अर्बमा ६० अर्ब घटाउँदा) छ। त्यसवापतको लाभकर नेपालको आयकर कानुन अध्ययन गर्दा नेपालमै लाग्ने देखिन्छ।'

प्रतिक्रिया

सम्बन्धित