बंगबन्धु गोल्ड कप विजेतालाई नेपाल प्रहरीको सम्मान

banकाठमाडौं ।  बंगबन्धु गोल्ड कप उपाधी विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई नेपाल प्रहरीले  सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय टीमका २३ जना खेलाडीहरु र ४ जना अफिसियलहरु रहेका छन् । बुधबार सम्मान समारोहमा  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खेलाडी तथा अफिसियलहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गरे  । अर्यालले जीत सबैलाई प्राप्त नहुने उल्लेख गर्दै अथक प्रयास, दृढ संकल्प एवं मेहनतको प्रतिफल अहिलेको जीत भएको आफूले महसुस गरेको उल्लेख गरेका छन । खेलकूदको बिजयलाई सबै नेपालीले आफ्नो बिजय ठानेकोले यसको महत्व अझै बढेको उनले बताए  ।

 मुलुक असहज परिस्थितिमा गुज्रेको अवस्थामा नेपालीको मनमा यस जितले निकै उत्साह जगाएको चर्चा गर्दै प्रहरी  अर्यालले लामो समयछिको महत्वपूर्ण जितले निराशालाई उत्साह र थप आशाको सन्देश दिएको बताए । नेपाल प्रहरीले खेलकुदको लागि २००८ सालदेखि नै योगदान दिँदै आएको स्मरण गर्दै अर्यालले आगामी दिनमा समेत फुटबल लगायतका खेलकुदको क्षेत्रमा निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे  । नेपाली खेलाडीलाई व्यावसायिक रुपमा खेल्नको लागि प्रोत्साहन गर्न सम्मान मात्र होइन खेलाडीहरुको समृद्धितर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै  अर्यालले खेलकुदको बिकास र समृद्धिका नेपाल प्रहरीको तर्फबाट सक्दो सहयोग गरिने बताएका थिए  । राष्ट्रिय खेलाडीहरुलाई नेपाल प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय टीमको खेलमा एम्बुलेन्स र चिकित्सक उपलब्ध गराउने  जानकारी थिए  ।

प्रतिक्रिया

सम्बन्धित