अष्ट्रेलिया जान एक्सपर्ट नै किन ?

expकाठमाडौं  । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज यस्तो संस्था हो, जसले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श, विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । एक्सपर्ट छ जना रजिष्टर माइग्रेसन एजेन्ट, सोलुसिटर लयर, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरुद्धारा सञ्चालित कन्सलटेन्सी हो ।

 एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पु-याउने काम गर्दै आएको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी दश स्थानमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्शलगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको छ । एक्सपर्टको अहिले अष्ट्रेलियाको सिड्नी, व्रिसवन, मेलवर्न, एडिलेड र गोलकोष्टमा शाखा कार्यालयहरु छन् भने नेपालको काठमाडौं, चितवन, बुटवल, पोखरा र विर्तामोडमा शाखा कार्यालयहरु स्थापना भएका छन् ।

 उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ । अष्ट्रेलियामा रहेका विश्वविद्यालयका प्रतिनिधिहरुलाई नेपालमा उपस्थित गराई विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउनका लागि नै सेमिनार गर्दै आएको बताउनु हुन्छ एक्सपर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौला । एक्सपर्टले भर्खरैमात्र काठमाडौंको लाजिम्पाटमा रहेको पाँच तारे होटल ¥याडिसनमा सेमिनारको आयोजना गरेको थियो ।

 अष्ट्रेलियाका विभिन्न दशवटा विश्वविद्यालयका प्रतिनिधि सहभागी गराइएको उक्त सेमिनारमा तीन सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । सेमिनारमा विद्यार्थी मात्र होइन उनीहरुका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । प्रवन्ध निर्देशक संग्रौला भन्नुहुन्छ–‘हामीले मासिक रुपमा पनि सेमिनारहरु गरिरहेकै हुन्छौं तर, वर्षको एक पटक भने एउटा ग्राण्ड सेमिनारको आयोजना गर्दै आएका छौं । अहिले हामीले गरेको पनि ग्राण्ड सेमिनार नै हो ।’सेमिनारको माध्यमबाट विद्यार्थी र अभिभावकहरुले अष्ट्रेलियामा रहेका विश्वविद्यालयहरुमा कस्ता–कस्ता प्रोग्रामहरु रहेछन्, आफूलाई उपयुक्त हुने कोर्ष, त्यसमा लाग्ने शुल्क, त्यहाँ रहेका अवसर र चुनौतिहरु, अष्ट्रेलियाको शैक्षिक अवस्था, वातावरण, नेपाली विद्यार्थीहरुले पाउने सेवा र सुविधा, काम गर्ने समयलगायत सम्पूर्ण विषयमा जानकारी प्रदान गरिएको प्रवन्ध निर्देशक संग्रौलाले यूनाइटेड पोष्टलाई बताउनु भयो ।

  विदेशमा गएर पढ्ने भन्ने वित्तिकै दुईवटा कुरामा ध्यान दिनुपर्ने उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–‘विदेशमा गएर पढ्ने विषयमा एउटा शैक्षिक पाटो हुन्छ, जुन विद्यार्थीले बुझेको हुन्छ भने अर्को लगानीको पाटो हुन्छ, जुन अभिभावकले बुझ्नु पर्छ । त्यसैले पनि हामीले विद्यर्थीसँगसँगै उनीहरुका अभिभावकलाई पनि साथमै राखेर परामर्श प्रदान गर्दै आएका छौं ।’पछिल्लो समय विकासको उच्च फड्को मारिरहेको र धेरैको आकर्षणको केन्द्रबिन्दुको रुपमा परिणत हुँदै गएको मुलुक अष्ट्रेलियाको साक्षरता दर ९९ प्रतिशत छ । त्यसैले पनि नेपाली विद्यार्थीहरु अन्य थुप्रै देशमा अध्ययनका लागि जाने गरेका भएपनि पहिलो गन्तव्यको रुपमा भने उनीहरुले अष्ट्रेलियालाई नै लिने गरेका छन् ।

 विदेशी डिग्री हासिल गर्न एवम् काम गर्दै पढ्न पनि सकिने भएकाले धेरैको रोजाई बन्दै गइरहेको छ अष्ट्रेलिया । नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षा र आकर्षक जीवनशैलीको लोभमा त्यहाँ पुग्ने गरेका छन् । विदेशमा पढेर शिक्षा सँगसँगै सिप बोकेर फर्कनु स्वयम् विद्यार्थीका लागि मात्र नभइ देशका लागि पनि सकारात्मक पक्ष हो । अष्ट्रेलियामा उच्च शिक्षा लिनका लागि विद्यार्थी तथा कन्सलटेन्सी सञ्चालकहरुले कस्तो प्रक्रिया अपनाउनु पर्छ भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला भन्नुहुन्छ–‘सबैभन्दा पहिले त विद्यार्थीको शैक्षिक अवस्था हेरेर कुन विश्वविद्यालयमा पढ्दा उचित हुन्छ र विद्यार्थीको चाहना कुन विश्वविद्यायमा पढ्ने छ भन्ने हामीले बुझ्नु पर्छ ।

  त्यसपछि उसको आर्थिक अवस्था हेरेर हामीले भर्ना प्रक्रिया अघि बढाउँछौं र कलेजले अफर लेटर पठाएपछि भिसाको पक्रिया शुरु हुन्छ । त्यसका लागि ६ देखि आठ हप्ता लाग्ने गर्छ ।’ अष्ट्रेलियामा एकेडेमिक र व्यवसायिक शिक्षा आर्जन गर्न नेपाली विद्यार्थी जाने गरेका छन् । दुवै थरी विद्यार्थीका लागि अष्ट्रेलिया सरकारले प्रवेशको छुट्टाछुट्टै नियम लगाएको छ ।

 अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलियाको भिसा प्रक्रिया पनि केही सहज रहेको बताउनुहुन्छ प्रवन्ध निर्देशक संग्रौला । अष्ट्रेलियामा सरकारी ४० र निजी २ गरी ४२ वटा विश्वविद्यालय सञ्चालित छन् । तिनका सम्बन्धन लिएका कलेजमा समेत नेपालबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । अष्ट्रेलियामा जाने विद्यार्थीहरुको चाप दिन प्रतिदिन बढिरहेको छ नि भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला भन्नुहुन्छ– यसको प्रमुख कारण भनेको अष्ट्रेलिया पढाइका लागि मात्र नभई त्यहँ केही गर्छु भन्नेहरुका लागि पनि राम्रो अवसर भएको मुलुक हुनु नै हो । अष्ट्रेलिया गएर अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो क्षमता र ज्ञानलाई विश्व बजारमा बेच्न सक्नु, अध्ययनसँगसँगै ज्ञानमा पनि दक्षता हुँदै जानु, सुरक्षित शहर हुनु, अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले पारिवारिक वातावरणमा पढ्ने अवसर पाउनु पनि यसको अर्को कारण भएको उहाँ बताउनु हुन्छ । एक्सपर्ट अष्ट्रेलियाका लागि मात्र काम गर्ने संस्था भएको र एक्सपर्टले विद्यार्थीहरुलाई दिने परामर्श, सेवा र सुविधा, विद्यार्थीले अष्ट्रेलिया पुगेर पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी प्रदान गर्दछ । यतिमात्र होइन एक्सपर्टले विद्यार्थीहरुको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ ।

  एक्सपर्टले टेली कम्युनिकेशनमा पनि सेवा र सुविधा बढाएको छ । विद्यार्थीहरु अष्ट्रेलिया पुगेदेखि नै एक्सपर्टले विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । अष्ट्रेलियामा ४२ वटा विश्वविद्यालय मध्ये एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ ।  एक्सपर्टले अष्ट्रेलियाबाट विद्यार्थीहरुलाई कसरी सेवा प्रदान गरिरहेको छ भन्ने प्रश्नमा एक्सपर्ट सिड्नीका निर्देशक बद्री अर्याल अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई विश्वविद्यालयसम्म पु¥याउने, उनीहरुलाई अष्ट्रेलियाको कानुनका बारेमा जानकारी गराउने देखि लिएर काम खोज्नका लागि पनि सहयोग गर्दै आएको बताउनु हुन्छ । यतिमात्र होइन विद्यार्थीलाई परेका हरेक समस्याको सामाधानका लागि पनि एक्सपर्टले काम गर्दै आएका उहाँ थप्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘मलाई अष्ट्रेलियन सरकारले माइग्रेसन एजेन्ट बनाएको छ । सोही लाइसेन्सको आधारमा म लगायत अष्ट्रेलियामा हुनु भएका हाम्रा साथीहरुले विद्यार्थीलाई अध्ययनका क्रममा र कोर्ष पूरा भइसकेपछि पनि उसलाई चाहिने हरेक सेवा र सुविधाका लागि पहल गर्दै आएका छौं ।’अष्ट्रेलियाका कलेजमा ब्याचलर, मास्टर्स, मास्टर्स रिसर्च र पीएचडी अध्ययनका लागि जानेहरुले यस अन्गर्तत भिसाका लागि आवेदन गर्न पाउँछन् ।

  नेपाल र अष्ट्रेलियाबाट विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा र सुविधामा कस्तो फरक पाउनुहुन्छ भन्ने प्रश्न गर्दा निर्देशक अर्याल धेरै नै फरक रहेको बताउनु हुन्छ । हामीले एक्सपर्टबाट गएका विद्यार्थीहरुलाई एउटा परिवारको सदस्यको रुपमा हेरिरहका हुन्छौं र अष्ट्रेलिया पुगेपछि देखिने समस्या न्यून गर्नका लागि हरपल प्रयास गरिरेका हुन्छौं । कुनै पनि वहानामा हामीले उसलाई कहिल्यै छाड्दैनौं । अर्को महत्वपूर्ण कुरा के हो भने हामीले एक्सपर्टबाट गएका विद्यार्थीलाई मात्र नभई कुनै भेदभाव नगरी मेरो तेरो नभनीकन हरेक विद्यार्थीहरुलाई आफूले सक्ने सहयोग गरिरहेका हुन्छौं । नेपाली विद्यार्थीहरुले पनि अष्ट्रेलिया पुगेर राम्रो प्रफरमेन्स प्रदान गरिरहेको उहाँको भनाई छ ।

सेमिनारमा तीन सय बढी विद्यार्थीको सहभागिता stu   एक्सपर्टले रेडिसन होटलमा आयोजना गरेको एक दिने ‘फ्रि अष्ट्रेलियन सेमीनार’ मा तीन सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । एक्सपर्ट एजुकेशन सिड्नीका निर्देशक बद्री अर्यालले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै त्यहाँको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

  सेमीनारमा पहिलो चरण अन्तर्गत अष्ट्रेलियाको विषयमा तयार पारिएको सामाग्री र दोस्रो चरणमा परामर्श प्रदान गरिएको थियो ।

  एक्सपर्टबाट हालसम्म १५ सय विद्यार्थीले भिषा प्राप्त गर्न सफल भएको जानकारी दिइएको थियो । एक्सपर्टले विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर सेमिनार सम्पन्न गरेको हो । सेमीनारमा नेपाली विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालयका सम्बन्धित प्रतिनिधिसँग भलाकुसारी गर्ने अवसर पाएका थिए । एक्सपर्ट सिड्नीका निर्देशक अर्यालले अष्ट्रेलिया पुगेर विद्यार्थीले पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित