चिलिमा विद्यार्थीलाई अलपत्र पार्ने कन्सल्टेन्सी संचालक पक्राउ
काठमाडौं । गैरकानुनी तरिकाले अध्ययनको लागि भन्दै चिलिमा विद्यार्थीहरुलाई पठाएर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी संचालक पक्राउ परेका छन । पीडित विद्यार्थीहरुले नेपाली राजदुतावास ब्रासीलिया ब्राजिलमा दिएको निवेदन परराष्ट्र मन्त्रालय हुदै अपराध महाशाखामा पुगेपछी महाशाखाले अहेड इन्टरनेसनल एजुकेशनका संचालक संचालक निरज राईलाई पक्राउ गरेको हो ।
त्यसरी पठाउदा विद्यार्थीहरुलाई पार्ट टाईम जागिर मिलाई दिने र त्यहाबाट अमेरिका,क्यानाडा लगाएत युरोपियन देशहरुमा सजिलै भिषा लाग्ने भनि झुठ्ठा आश्वासन दिई विचल्लिमा पारी ठगी गरेको भनि पिडित विद्यार्थीहरुले नेपाली राजदुतावास ब्रासीलिया ब्राजिलमा निबेदन दिएका थिए निबेदन दिएका थिए । राईलाई बानेश्वरबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
प्रतिक्रिया