भारतीय प्रहरीको 'मस्ट वान्टेड' सूचीमा नेपाली चन्दन तस्कर

raktachandanकाठमाडौं । बहुमूल्य बन पैदावर रक्तचन्दनको अबैध कारोबार गरेको आरोपमा एक दर्जन नेपाली तस्करहरु भारतीय प्रहरीकोे मष्ट वान्टेड सूचीमा परेका छन् । दिल्ली प्रहरीले केही नेपाली तस्करहरुलाई रक्तचन्दन सहित पक्राउ गर्न सफल भएपनि आधा दर्जन भने फरार भएर नेपाल छिरेका छन् । दिल्ली प्रहरी स्रोतका अनुसार रक्तचन्दनका बादशाह नारायण पौंडेल, बच्चु पौंडेल, राजकुमार पौंडेल, शम्भू शेर्पा, बिक्रम लामा, माइला लामा, आत्माराम श्रेष्ठ, सुमन पौडेलसहित सात जनालाई दिल्ली प्रहरीले खोजी सूचीमा राखेको छ । चन्दनसहित पक्राउ परेका शेर्पाका छोरा सिन्धु शेर्पालगायत आधा दर्जन अहिले भारतको तिहाड जेलमा छन् ।

  शेर्पा भने कहिले नेपाल त कहिले दुबैमा लुकिछीपि बस्दै आएका छन् । दिल्ली प्रहरीले भारतका बिभिन्न स्थानबाट एक बर्षको अबधिमा नेपाली तस्करहरुले लुकाएर राखेको पाँच सय टन अवैध रक्तचन्दन बरामद गरिसकेको छ । बैंकिङ कसुरमा एक बर्ष जेल बसेर छुटेका नारायण पौंडेल मस्ट वान्टेड सूचीमा परेपछि अबैध सुनको तस्करीमा लागेका छन् । नारायणको समूहको २७ किलो अवैध सुन पनि भुटानमा वरामद् भएपछि भुटानमा समेत उनीहरुको खोजी भएको छ ।

  दिल्ली प्रहरीले उनीहरुलाई पक्राउ गर्न नेपाल प्रहरीलाई परिपत्र समेत जारी गर्न लागेको स्रोत बताउँछ । नरायणको समूहले प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को ५० लाख, भर्खरै जेलबाट छुटेका गुण्डा नाइके दावा लामाको २० लाख, रेडिसन होटलका मालिकको ६० लाख रकम सहित दर्जनौंको व्यापारीबाट १० करोड उठाएर रक्तचन्दनमा लगानी गरेको खुलेको छ । रक्तचन्दनमा कडाई भएपछि चीनको खासाबाट सुनको तस्करी गर्दै नारायणले भारतीय व्यापारीलाई सिलगुडिमा डेलिभरी दिंदै आएका छन् । नेपाल प्रहरीले रक्तचन्दनको अबैध कारोबारमा कडाई गरेपछि तस्करहरुले रुट फेरेर तस्करी गर्दै आएका थिए । जसमा शेर्पा, पौंडेल दाजुभाई र माइला अग्रपंतिमा छन् । उनीहरुले भारतबाट सिधै बङ्गलादेश र भूटानलाई ट्रान्जिट बनाएर स्थलमार्गको प्रयोग गरी चीनमा रक्तचन्दन पु¥याउँदै आएका छन् । यसअघि पानीजहाजको प्रयोग गरी रक्तचन्दन मलेसिया हुँदै चीनसम्म पुग्ने गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले पनि सार्वजनिक गरेका थिए । सामुन्द्रिक मार्गलाई पनि भारतीय प्रहरीले बिषेश निगरानीमा राखेपछि तस्करहरुले नयाँ रुट शुरु गरेका हुन् । नेपाल सरकारले साईटिसको महासन्धीमा हस्ताक्षर गरेका कारण रक्तचन्दनको किनबेच र ओसार पसारमा बन्देज लगाएको छ । रक्तचन्दन लोपोन्मुख बन पैदावरमा परेका कारण नेपालमा यसको कारोबारलाई अबैध मानिएको हो ।

यूनाइटेड पोष्ट साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित