डिएसपीको सेटिङमा चल्ने गुण्डा एसएसपीको आदेशमा पक्राउ

bagheकाठमाडौं ।  स्वयम्भु वृत्तका डिएसपीसँग सेटिङमा चल्ने गरेको आरोप लागेका गुण्डा नाइके  बाघे भनिने सुक बहादुर तामाङ पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाको आदेशमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले बाघेलाई गुण्डागर्दी,  हप्ताअसुली देखी टेन्डरका काममा जबर्जस्ती असुली गरेको  आरोपमा पक्राउ गरेको हो ।

 रानीवन नयाँबस्तीको जग्गा एकीकरण आयेजना राप्रपाका डन लालकाजी लामासँगको विवादमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जग्गा एकीकरणको उपभोक्ता समितिको चुनाव ९ गते हुन लागेकोमा बाघे र लालकाजी अध्यक्षमा उठ्न लागेका थिए ।

 बाघेलाई स्वयम्भु वृत्तका डिएसपी विमल कडेलले सहयोग गर्दै आएको समाचार आएपछि त्यस विषयमा पनि एसएसपी थापाले  छानबिन अघि बढाएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित