अख्तियारको कर्मचारी भन्दै धम्क्याएर रकम असुल्ने पक्राउ

dhamkyकाठमाडौं । अख्तियारको  कर्मचारी  भन्दै धम्क्याएर   रकम असुल्ने  २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा  सोलार सिष्टमको काम गर्ने पर्सा वीरगंजका  राजेश शर्मालाई अख्तियारका कर्मचारी हौं, तपाईले नक्कली बिल भरपाई बनाई काम गर्ने हुँदा फसाइदिन्छौं र केश नमिलेमा श्रीमतीलाई अपहरण गरीदिन्छौं भनी धम्क्याएएको आरोपमा  कुलमान श्रेष्ठ र आफूलाई अडिटर बताउने  मुकेश शर्मा  पक्राउ परेका हुन  ।

 श्रेष्ठ धादिङ ज्यामरुङ  हुन भने  शर्मा  भारत राजस्थानका । साथै राजेशलाई समेत अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसहित ४ जनाले  राजेशको पसलमा अख्तियारका कर्मचारी हौं, तपाईले   नक्कली बिल भरपाई बनाई काम गर्ने हुँदा फसाइदिन्छौं र केश नमिलेमा श्रीमतीलाई अपहरण गरीदिन्छौं भनी धम्क्याएका थिए ।

   मुकेशले राजेशसँग बार्गेनिङ गरी माघ १ गते नगद १ लाख रुपैयाँ दिने सहमति भएपछि राजेशले महानगरीय प्रहरी बृत्त जनसेवामा जानकारी गराएका थिए । त्यसपछी    काठमाडौं महानगरपाकिला–१६ खुशिबुस्थित क्लासिक बफे रेष्टुरेण्टको गेट अगाडि राजेशसँग नगद १ लाख रुपैयाँ लिंदै गरेको अबस्थामा उनीहरु २ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित