काठमाडौंमा एक्सपर्ट एजुकेशनको फ्रि अष्ट्रेलियन सेमीनार

exsकाठमाडौं ।   एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले  काठमाडौंको रेडिशनन होटेलमा एक दिने फ्रि अष्ट्रेलियन सेमीनार सम्पन्न गरेको छ  ।   सेमीनारमा  ३ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको छ  । एक्सपर्ट एजुकेशन सिड्नीका निर्देशक बद्री अर्यालले  अष्ट्रेलिया जान चाहने  विद्यार्थीहरुलाई परामर्श दिनुका साथै त्यहाँको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

  सेमीनारमा पहिलो चरण अन्तरगत अष्ट्रेलियाको विषयमा तयार पारिएको  सामाग्री र दोस्रो चरणमा परामर्श प्रदान गरिएको थियो । एक्सपर्टबाट हालसम्म १५०० विद्यार्थी भिषा प्राप्त गर्न सफल भएको जानकारी दिइएको थियो  ।

  एक्सपर्टले विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर  सेमिनार सम्पन्न गरेको हो  ।  सेमीनारमा नेपाली विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालयका सम्बन्धित प्रतिनिधिसँग भलाकुसारी गर्ने अवसर पाएका थिए  । एक्सपर्ट सिड्नीका निर्देशक अर्यालले अष्ट्रेलिया पुगेर विद्यार्थीले पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी दिएका थिए ।

   विद्यार्थीहरु अष्ट्रेलिया पुगेदेखि नै एक्सपर्टले विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । अष्ट्रेलियामा ४२ वटा विश्वविद्यालय मध्ये एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित