उम्मेदवार नै कांग्रेस प्रवेस गरेपछि माओवादीलाई अहिलेसम्मकै ठुलो धक्का

डडेल्धुरा। नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधी सभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की सहित १५ सय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इञ्जार्च एवम् केन्द्रीय सदस्यहरू जनक कलौनी, लक्ष्मी उप्रेती सहित १५ सय माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर कांग्रेसमा स्वागत गरेका छन् ।

कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफूहरू प्रवेश गरेको बताए ।

‘माओवादीले हिजोको जनयुद्ध सबै पैसासँग साटिसक्यो’, पार्कीले भने, ‘अब यो मुलुकमा कांग्रेस बाहेक राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हौँ ।’

प्रतिक्रिया

सम्बन्धित