इक्यानमा चुनावी सरगर्मी, दुई समूहबीच प्रतिस्पर्धा

ecannnकाठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १० औं साधरणसभा मंगलबार आर्मि अफिसर्स क्लवमा सम्पन्न भएसँगै चुनावी सरगर्मी बढेको छ । साधरसभामार्फत चुनाव हुनुपर्ने मान्यता भएपनि आन्तरिक किचलोका कारण मंगलबार चुनावी प्रक्रिया नै शुरु हुन सकेन ।

 किनकी केही समयअघि बसेको इक्यानको सञ्चालक समितिले बैठकले फागुन १५ गते चुनाव हुने मिति पारित गरेको थियो । हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि इक्यानको चुनाव हुने गर्दछ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने संस्थाहरुको छाता संगठनका रुपमा परिचित इक्यानमा नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 देशभर करिव पाँच सय सदस्य रहेको इक्यानमा अध्यक्ष पदका लागि  प्रकाश पाण्डे र सरोज कुमार बस्नेतबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । यद्यपी अहिलेसम्म यी दुई मध्ये कसैले पनि प्यानल भने खडा गरिसकेका छैनन् । पाण्डे एमाले निकट मानिन्छन् भने बस्नेत कांग्रेस निकट । पाण्डे मेट्स एजुकेशनका सञ्चालक हुन् भने बस्नेत नेट्को टेक्नोलोजिका सञ्चालक हुन् । दुबै जना हाल इक्यानमा उपाध्यक्ष छन ।

 दुबै पक्ष मतदातालाई आफ्नो पकडमा ल्याउन दिनहुँ  सदस्यहरुसँगको भेटघाटमा व्यस्त छन् । इक्यानका एक सदस्यका अनुसार अघिल्लो महाधिवेशनबाट नै उम्मेदवार घोषणा गरी संघर्ष गरेका बस्नेत कुनै पनि हालतमा पछि नहट्ने निष्कर्षमा पुगेका छन् भने पाण्डे पनि रोलक्रम अनुसार आफू नै अध्यक्षको दाबेदार भएको हुँदा नछाड्ने मनस्थितिमा छन् ।

 त्यसैगरी महासचिवमा कमन फाउण्डेसनका सन्तोष प्याकुरेल, राजेन्द्र रिजाल, महेश भण्डारीको नाम चर्चामा छ भने उपाध्यक्षमा एजुकेशन पार्कका भुपेन्द्र(निरज) सिटौला, कंगारु एजुकेशनका महेशबाबु तिमिल्सिनाको नाम चर्चामा छ ।  सचिवमा भने देवि भट्टराई र उमेश ढुंगेलबीच प्रतिस्पर्धा हुने देखिएको छ भने कोषाध्यक्षमा रमेश वाग्ले ,भरत रेग्मीले दावी गर्दै आएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित