अबैध साढे नौ किलो सुनसहित पक्राउ

goldकाठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले अबैध साढे नौ किलो सुनसहित केही तस्करहरुलाई पक्राउ गरेको छ । न्यूरोड भूगोल पार्कस्थित भाग्य लक्ष्मी ज्वैलर्सका संचालकद्धय बिक्रम मित्तल र विवेक मित्तललाई महाशाखाको टोलीले  बिहिबार पक्राउ गरेको हो ।  तस्करीमा सहयोग गर्ने भागिरथ चौधरी पनि  पक्राउ परेका छन्  ।

 उनीहरु तीनै जना भारतीय नागरिक रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।  दार्जिलिड घर भएका मित्तल दाजुभाई लामो समयदेखि नेपालमा सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ । तस्करी गरी ल्याइएको सुनको पैसा उनीहरुले हुन्डीमार्फत पठाउने को प्रहरी अनुसन्धानका क्रममा खुलेको छ  ।

  पक्राउ परेकाहरुलाई  संगठित अपराध मुद्दामा पनि कारबाही हुने महाशाखाका एसपी सहकुलबहादुर थापाले बताए  ।  अवैध तथा संगठित कारोवारमा संलग्न मुख्य अभियुक्तहरु समेत नियन्त्रणमा लिई संगठित अपराध निवारण ऐन अन्तरगत आवश्यक कानुनी कारवाहीको लागि परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित