धनपतिको महानगरपालिकामा धमाका

dhanpatiकाठमाडौं । पद र पैसाको आडमा लामो समयदेखि काठमाडौं महानगपालिकामा भ्रष्टाचारको जालो फैलाउँदै आएका प्रभावशाली कर्मचारीका रुपमा परिचित धनपति सापकोटाका कारण यतिखेर महानगरपालिका नै दुर्गन्धित हुन पुगको छ । झापाको सामान्य किसान परिवारका सापकोटा धर्मस्थलीको एक सरकारी विद्यालयमा अस्थायी शिक्षकको रुपमा काम गर्दै गर्दा २०५० सालमा नगरपालिकामा प्रवेश गरेका थिए । २०५६ सालतिर रातोपुलमा डेरा गरी बस्ने साकोटाले १० वर्षदेखि नगर प्रहरीको प्रमुखको रुपमा रही काम गर्दै आएका छन् । सापकोटाले २०७२ सालसम्म आइपुग्दा काठमाडौंको कोटेश्वरमा साढे तीन तलाको आत्याधुनिक सुविधासम्पन्न महल बनाइसकेका छन् ।

 उनले काठमाडौं बाहेक बाहिरी जिल्लाहरुमा समेत जग्गा जमिन जोडिसकेका छन् भने आफन्त र साथीहरुसँग मिलेर व्यापार व्यवसायमा करौडौं रुपैयाँ लगानी गरेका छन् । सापकोटाले महानगरपालिकामा भ्रष्टाचार गरेको कालो धन कोटेश्वरस्थित आफू अध्यक्ष रहेको कन्काई वचत तथा ऋण सहकारीमा जम्मा गर्दै आएका छन् । करोडौं चुक्ता पूँजी रहेको उक्त सहकारीमा समेत अध्यक्षको हैसियतले उनले आर्थिक चलखेल गरेको आरोप लाग्दै आएको छ ।

 सरकारी कर्मचारी कुनै पनि निजी संस्थामा अध्यक्ष बस्न नपाउने नियम भएपनि धनपतीलाई भने यस्ता नियमले छुन सकेको छैन । सरकारी निकायमा एकै स्थानमा पाँच वर्ष बढि प्रमुखको भूमिकामा बस्न नहुने प्रशासनिक मान्यता विपरित १० वर्षदेखि प्रमुखको रुपमा रहेका सापकोटा पुनः बढुवा भई प्रमुखकै भूमिकामा रहन विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । सापकोटमाथि २०५६ देखि ०६२ सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अनियमित रुपमा विज्ञापनका होर्डिङबोर्डहरु राख्ने कार्यमा सेठ्ठी र शुक्ला थरका व्यवसायीसँग नाजायज ढंगले मिलेमतो गरी आर्थिक अनियमितता गरेको उजुरी परेपनि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म छानविन नै गरेको छैन ।

 अनियमित रुपमा मापदण्ड विपरित नगरपालिकाभित्र निर्माण भएका व्यापारिक भवन, संयुक्त आवास, निजी आवासहरु रोक्का भएको अवस्थामासमेत आर्थिक लाभ लिई सुनुवाई नगरी नगरपालिकाको साख गिराउन संलग्न सापकोटाले पटक–पटक भवन निर्माण अनुगमन समितिको सदस्य भई पदिय दुरुपयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सडक विस्तारको सन्दर्भ विल्कुलै प्रँविधिक विषय भए पनि चलखेल गरी सडक विस्तार कमिटिमा सदस्यको रुपमा कार्यरत रहँदै आएका छन् । उनले सडकको साविक मापदण्ड कम गराई स्थानीय उपभोक्ता समिति मार्फत ठूलो आर्थिक लाभ लिई सडकको चौडाई घटबढ गराई अनियमितता गरेको दर्जनौ उदाहरण हुँदा समेत अख्तियार मौन रहँदै आएको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

 सापकोटाले गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनद्धारा भएको क्षति न्यूनिकरण तथा राहत वितरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति माफर्त आएका लत्ताकपडा एवम् खाद्यान्नको नक्कली भर्पाई बनाई आफू निकट संस्था एवम् व्यक्तिलाई वितरण गरी अनियमितता गरेका थिए । आवश्यक भन्दा ज्यादै न्यून साइजको त्रिपाल वितरण गरी ठूलो साईजको भुक्तानी दिएर समेत उनले अर्थिक चलखेल गरेका थिए । प्रधानमन्त्री केपी ओलीका पिएलाई खुसी बनाएर पछिल्लो समय अख्तियारको कारबाहीबाट जोगिंदै आएका सापकोटाको भ्रष्ट शक्तिप्रति महानगरपालिकाका कुनै पनि कर्मचारीहरुले उनीविरुद्ध आवाज उठाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित