ठगीमा पिएचडी गरेकी युवती पक्राउ

काठमाडौँ । चिकित्सक तथा डिआइजीको छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले डाक्टर सुहाना, अदिती, सृष्टीलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा महाशाखाले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको हो ।

  उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको, विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 suhanaकेसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाउनुका साथै चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ । काठमाडौँ आएपछि पनि उनले विभिन्न चिकित्सक, युवक तथा होटलमा ठग्दै आएको बुझिइएको छ । महाशाखाले थप अनुसन्धान गरी कारवाहीका लागि उनलाई महानगरिय प्रहरी परिसर टेकु पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित