अष्ट्रेलियन एजुकेशनमा फड्को मार्दै एक्सपर्ट

नेपालमा गुणस्तरिय शिक्षा र रोजगारीको ग्यारेन्टी नहुँदा वर्षेनी हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । पछिल्लो समय विकासको उच्च फड्को मारिरहेको र धेरैको आकर्षणको केन्द्रबिन्दुको रुपमा परिणत हुँदै गएको मुलुक अष्ट्रेलियाको साक्षरता दर ९९ प्रतिशत छ । त्यसैले पनि नेपाली विद्यार्थीहरु अन्य थुप्रै देशमा अध्ययनका लागि जाने गरेको भएपनि पहिलो गन्तव्यको रुपमा भने उनीहरुले अष्ट्रेलियालाई नै लिने गरेका छन् । विदेशी डिग्री एवम् काम गर्दै पढ्न पनि सकिने भएकाले धेरैको रोजाई बन्दै गईरहेको अष्ट्रेलिया चरम विकास गरेको मुलुक भएकाले पनि यहाँको पढाइलाई विश्वस्तरीय मानिन्छ । नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षा र आकर्षक जीवनशैलीको लोभमा त्यहाँ पुग्ने गरेका छन् । khemraj copy विदेशमा पढ्न जाने क्रम धेरै पहिले देखि नै शुरु भएको हो । राजा महाराजाले सन्तानलाई अमेरिका, बेलायत, भारत लगायतका देशहरुमा पठाउँथे । यस अर्थमा विदेशी भूमिमा शिक्षा लिनु हाम्रो परम्परा जस्तै हो । फरक यति हो कि पहिले राजाका सन्तान जान्थे भने अहिले जनताका सन्तान जान्छन् । पछिल्लो समयमा अध्ययनका लागि विदेश जाने विषयमा पनि धेरै टिकाटिप्पणी हुन थालेका छन् । तर विदेश जानु नराम्रो हो त ? पक्कै पनि होइन । गुणस्तरिय शिक्षा लिन जानु नराम्रो पक्कै होइन । विदेशमा पढेको कुरा र सिकेको सिप स्वदेशमा प्रयोग गर्छु भन्नु पनि त नराम्रो होइन । अष्ट्रेलिया पढाइका लागि मात्र नभई त्यहि केही गर्छु भन्नेहरुका लागि पनि राम्रो अवसर भएको मुलुक हो । अष्ट्रेलियामा सरकारी ४० र निजी २ गरी ४२ वटा विश्वविद्यालय सञ्चालित रहेका छन् । तिनका सम्बन्धन लिएका कलेजमा समेत नेपालबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय परामर्श प्रदान गर्दै आएको संस्था हो एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि । सन् २००३ बाट एक्सपर्टले यस क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्ट अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको कन्सलटेन्सी हो । एक्सपर्ट सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरुद्धारा सञ्चालित छ ।

अष्ट्रेलियामा एकेडेमिक र व्यवसायिक शिक्षा आर्जन गर्न नेपाली विद्यार्थी जाने गरेका छन् । दुवै थरी विद्यार्थीका लागि अष्ट्रेलिया सरकारले प्रवेशको छुट्टाछुट्टै नियम लगाएको छ । अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलियाको भिसा प्रक्रिया पनि केही सहज रहेको बताउनुहुन्छ एक्सपर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौला । नेपालमा भने सन् २००३ मा काठमाडौंमा शाखा कार्यालय स्थापना गरी एक्सपर्टले काम गर्दै आएको छ । एक्सपर्टको अहिले अष्ट्रेलियाको व्रिसवन, मेलवर्न र एडिलेड शाखा कार्यालयहरु छन् भने नेपालको चितवन, बुटवल, पोखरा र विर्तामोडमा शाखा कार्यालयहरु स्थापना भएका छन् । एक्सपर्टले भर्खरै मात्र अष्ट्रेलियाको गोलकोष्टमा दशौं शाखा स्थापना गरेको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाई किन हुन पुग्यो भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला भन्नुहुन्छ–‘अष्ट्रेलिया गएर अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो क्षमता र ज्ञानलाई विश्व बजारमा बेच्न सक्नु, नेपालीहरु धेरै नै भएको हुँदा परिवारमा बसेर नै अध्ययन गरेको अनुभव हुनु, अध्ययनसँगसँगै ज्ञानमा पनि दक्षता हुँदै जानु, सुरक्षित शहर हुनु नै यसका प्रमुख कारणहरु हुन् ।’

एक्सपर्ट अष्ट्रेलियाका लागि मात्र काम गर्ने संस्था भएको र एक्सपर्टले विद्यार्थीहरुलाई दिने परामर्श, सेवा र सुविधा, विद्यार्थीले अष्ट्रेलिया पुगेर पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी प्रदान गर्दछ । यतिमात्र होइन एक्सपर्टले विद्यार्थीहरुको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ । एक्सपर्टले टेली कम्युनिकेशनमा पनि सेवा र सुविधा बढाएको छ । विद्यार्थीहरु अष्ट्रेलिया पुगेदेखि नै एक्सपर्टले विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । अष्ट्रेलियामा ४२ वटा विश्वविद्यालय मध्ये एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ । khemraj sangraula एक्सपर्टले विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर मासिक रुपमा एउटा सेमिनार गर्दै आएको छ । जसका कारण नेपाली विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालयका सम्बन्धित प्रतिनिधिसँग भलाकुसारी गर्ने अवसर पाएका छन् । एक्सपर्टले जनावरी १० देखि १६ सम्म देशव्यापी रुपमा अष्ट्रेलियाको शिक्षाको बारेमा विस्तृत रुपमा ‘क्याम्पियन’ गर्दैछ । आफ्ना शाखा कार्यालयहरुमा आयोजना हुने उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको उपस्थिति रहने प्रवन्ध निर्देशक संग्रौला बताउनुहुन्छ । जसबाट नेपाली विद्यार्थीहरुले सूचनाहरु लिन सक्नेछन् । एक्सपर्टले किन अष्ट्रेलियाको लागि मात्र काम गर्छ भन्ने प्रश्नमा एक्सपर्ट अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको कन्सलटेन्सी भएकाले अष्ट्रेलियाको लागि मात्र काम गरेको संग्रौला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘हाम्रा १० वटा शाखाबाट भ्याइनभ्याई काम भइरहेका छन् भने हामीलाई अन्य काम समय पनि पुग्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने हामी कसैको भविश्य कोर्ने बाटोमा छौं, त्यसैले हामीले उनीहरुलाई हरेक विषयमा गुणस्तरिय परामर्श प्रदान गर्नु जरुरी छ । नजानेर धेरै काम गर्नु भन्दा राम्रो काम एउटै गर्नु उचित हुन्छ । अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले पारिवारिक वातावरणमा पढ्ने अवसर पनि पाउँछन् ।’

उचित शिक्षा र भविश्यको खोजीमा भौतारिरहेका विद्यार्थीहरुलाई नेपालमा स्थापना भएको एजुकेशन कन्सलटेन्सीहरुले शैक्षिक परामर्श प्रदान गरेर विदेश पठाउँदै आएका छन् । पछिल्लो समयमा कन्सलटेन्सीहरुमाथि केही नराम्रा आरोपहरु पनि लागेका छन् । कन्सलटेन्सी पेशालाई अझै व्यवस्थित, मर्यादित र गुणस्तरिय बनाउन के गर्नु पर्ला त भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला यसका लागि सरकारले नै विषेश पहल गर्नु पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘च्याउ उम्रे झैं उम्रिएका कन्सलटेन्सीहरुलाई कानुनी दायरामा ल्याउनु प-यो । काउन्सिलरहरुलाई ट्रेनिङको व्यवस्था गर्नुप-यो ।’ यसका लागि कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघले पनि पहल गरिरहेको उहाँ बताउनु हुन्छ । एउटा कसैले गल्ती ग-यो भनेर पूरै क्षेत्रलाई नै विवादित बनाउने भन्दा पनि हामी सबै मिलेर कसरी व्यवस्थित, मर्यादित र गुणस्तरिय बनाउन सकिन्छ भनेर लाग्नु नै उचित हुने मैले देखेको छु ।अष्ट्रेलियाका कलेजमा ब्याचलर, मास्टर्स, मास्टर्स रिसर्च र पीएचडी अध्ययनका लागि जानेहरुले यस अन्गर्तत भिसाका लागि आवेदन गर्न पाउँछन् । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थी भित्र्याउँदा मुलुकमाथि पर्ने आर्थिक, सामाजिक लगायत जोखिम हेरेर एसेस्मेन्ट लेभल निर्धारण गर्ने गरेको छ । त्यस्तो लेभल निर्धारण गर्दा विद्यार्थी आउने मुलुकको आर्थिक, सामाजिक, राजनीतिक अवस्था, विद्यार्थीको व्यवहार लगायतलाई हेरिन्छ । विकसित, धेरै खर्च गर्न सक्ने सम्भ्रान्त, कानुनको परिपालन गर्ने, अनुशासित विद्यार्थी आउने मुलुकलाई एसेस्मेन्ट लेभल १ मा राखिएको छ । आर्थिक रुपमा कम सम्पन्न, अनुशासनमा कमजोर मुलुकका विद्यार्थीलाई क्रमशः २, ३, ४ लेभलमा विभाजन गरिएको छ । व्यवसायिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लेभल ४ मा राखेको छ । लेभल बढ्दै जाँदा सरकारले जोखिम कम भएका विद्यार्थी भएको प्रमाण बढी पेस गर्नुपर्छ । अष्ट्रेलिया अध्ययनका लागि सामान्य त प्लस टु उत्तीर्ण विद्यार्थी जान सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित