धरौटीमा रिहा भए सशस्त्रका तीन पूर्व अाइजीपी

CIAA1काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।आर्थिक अनियमितताको अनुसन्धानमा रहेका पूर्व महानिरीक्षकहरूसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बयान नसकिएपछि थुनामा राख्ने निर्णय गरेको थियो ।

  सामान खरिद गरी मातहतका युनिटमा ढुवानी गरेको भनी झुटा बिल भर्पाइ तयार गर्नुका साथै ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीको बिलसमेत आफैँले छपाइ गरी, गर्न लगाई सामान ढुवानी गरेको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगले पूर्व महानिरीक्षकहरू ओलीको हकमा ७० लाख, श्रेष्ठको हकमा  एक करोड र बस्नेतको हकमा  आठ करोड धरौटी जमानत माग गरेकामा निजहरूले उक्त रकम बराबरको वैंक जमानत दाखिला गरी रिहा भएको आयोगले जनाएको छ । आयोगले आज धरौटी जमानत लिई तारिखमा राखी थप अनुसन्धान कारबाही भइरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित