लोकमानलाई कनकको झट्का,सर्वोच्चद्वारा अनुसन्धान गर्नुको कारण माग
काठमाडौं। सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितको सम्पत्ति माथिको अनुसन्धान किन गरिएको कारणसहित अदालत उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले दीक्षितको रिटमा पहिलो सुनुवाई गर्दै यस्तो आदेश गरेको हो। अकुत सम्पत्ति सम्बन्धी अनुसन्धानको विषयमा छलफलका लागि सर्वोच्च आउनसमेत अख्तियारलाई भनेको छ। कानूनबाहिर गएर अपराधीलाई झै अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले व्यक्तिगत सम्पत्तिको विवरण माग्ने काम गरेको भन्दै दीक्षितले सर्वोच्चमा रिट दर्ता गराएका थिए।
प्रतिक्रिया