इन्धन ठगीका डन सहसचिवसहित १३ जना जेल चलान

ramकाठमाडौं । इन्धन कालोबजारी र ठगीको अभियोगमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक राम आधार साह, आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा, पेट्रोल पम्प सञ्चालक र मिस्त्रीहरुसहित १३ जना  पुर्पक्षका लागि जेल चलान भएका  छन्  । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको इजलाशले डिपो प्रमुख शर्मा तथा पम्प सञ्चालकहरुलाई  मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको छ  ।

 त्यस्तै , ललितपुर जिल्ला अदालतले राजधानीका पेट्रोल पम्पमा मेसिन जडान गरी उपभोक्ता ठगेको आरोपमा पक्राउ परेका नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक तथा वातावरण मन्त्रालयका सहसचिव साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले पक्राउ परेका सहसचिव साहसहित पाँच जना मिस्त्री र चारजना पेट्रोल पम्प सञ्चालकलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो।

 अदालतले बिहीवार थुनामा राख्न आदेश दिएका ५ जना मिस्त्री अयुव आलम, हमिद हुसेन, मुख्तर साह फकिर , सेख इस्तिहाद, महम्मद अबराव र पम्प संचालक शिव तिमल्सिना, युनुस प्रधान, गोपाल महर्जन र शैलेन्द्रनाथ बादे हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकाका १३ पेट्रोल पम्पहरुमा छापा मारेर तेल ठगी गर्ने उपकरणसहित उनीहरुलाई पक्राउ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल आँफै सक्रिय भएर गहिरो ढंगले  इन्धन ठगीको अनुसन्धान गरेकोले ठगीका नाइकेहरु अदालतमा जती चलखेल गरे पनि कानुनी पन्जाबाट उम्किन सकेनन्  ।

प्रतिक्रिया

सम्बन्धित