समयक्रम अनुसारका अपराध निर्मूल पार्न प्रहरी कटिबद्ध : आईजीपी अर्याल

igparदाङ ।  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तराई /मधेसमा जारी आन्दोलनमा प्रहरीले ज्यादती गरेको भन्ने भनाई गलत भएको बताएका छन्  ।  जनताको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरीको शान्ति सुरक्षा गर्ने कर्तव्य भएकाले सोही अनुरुप सुरक्षा दिएको आईजीपी अर्यालले पारेका छन्  ।  तराई. पहाड, हिमाल जहा भएपनि प्रहरीले शान्ति सुरक्षा र जनताको जिउधनको रक्षार्थ काम गर्ने अर्यालले उल्लेख गरे  ।

  रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अर्यालले  आजको प्रहरी सेवा जनताप्रति उत्तरदायी हुनुको विकल्प नभएको भन्दै जनमैत्री सेवा प्रवाह गर्ने बताए । अपराध प्रबिधियुक्त बन्दै गएको बताउँदै उनले  सामान्य चोरी देखी हत्या सम्मका अपराधमा प्रबिधि जोडिदै गएको बताए ।

 मदिरा सेवन गरेर हुने हिंसादेखि सूचना र प्रविधिसँग जोडिएर समेत अपराध हुने गरेको भन्दै त्यसलाई निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको आईजीपी अर्यालको भनाइ थियो  । अपराध प्रविधिसँग जोडिएर हुन थालेपछि प्रहरीले पनि पश्चिम र पूर्ब क्षेत्रमा दुईवटा क्षेत्रिय विधि बिज्ञान प्रयोगशालाको स्थापना गर्न लागेको अर्यालले जानकारी दिएका छन्  ।

  समयक्रम अनुसार अपराधका तरिकाहरु पनि परिबर्तन हुदै गएको भन्दै अर्यालले त्यसलाई नियन्त्रण गर्न र नागरिकलाई सुरक्षा दिन प्रहरी तत्पर रहेको उल्लेख गरे  । सम्म ५० वटा भवन निर्माण भैसकेको र १० वटा निर्माणाधिन अबस्था रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित