चुकी कन्सलटेन्सीको नयाँ शाखा कालीमाटीमा

chukiकाठमाडौं । जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरले स्थापनाको दुई वर्षमा नै शाखा विस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको चुकीले कालीमाटीमा  नयाँ शाखा स्थापना गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सेवा विस्तार गरेको हो ।

 चुकीले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाउँदै आएको छ भने कोरियन, चाइनिज, हिब्रु भाषा तयारी कक्षा पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै आइइएलटिएस, टोफल, स्याटलगायतका कक्षाहरु पनि सञ्चालन ल्याउने तयारी भइरहेको चुकीका प्रवन्ध निर्देशक पुष्कर सुवेदीले जानकारी दिएका छन् । चुकीमा विभिन्न तहका ट्युसन कक्षाहरु पनि सञ्चालन हुँदै आएको छ । जापानमा विद्यार्थीहरु पठाउँदै  आएको चुकीले भविश्यमा अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, डेनमार्कलगायतका मुलुकहरुमापनि विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरि अध्ययनका लागि पठाउने योजना रहेको चुकीका काउन्सिलर गौतम पुडासैनीले बताए ।

यसअघि देखि नै चुकीले एसएलसी पास भएका विद्यार्थीहरुलाई अध्ययनका लागि जापान पठाउँदै आएको थियो । जापानमा पुगेका विद्यार्थीहरुले भाषा कक्षा लिइसकेपछि स्नातक स्तरमा नै सहभागी हुन पाउने गरी चुकीले एसएलसी पास भएका विद्यार्थीहरुलाई जापान पठाएर सेवा प्रदान गरेको थियो । चुकीले प्लस टु सकेका विद्यार्थीहरुलाई भाषा कक्षा र जापानका शिक्षकहरुमाझ हुने सेमिनारहरुमा निशुल्क सहभागी गराउँदै आएको छ । स्थापनाको २ वर्षे अवधीमा चुकीले एक सय भन्दा बढि विद्यार्थीलाई जापानका विभिन्न कलेजहरुमा अध्ययनका लागि पठाइसकेको चुकीका बजार प्रवन्धक राजेन्द्रराज गिरी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित