किलिमन्जारोमा पहिलो पटक नेपाल प्रहरीको झण्डा फहरायो
काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोमा पहिलो पटक नेपाल प्रहरीको झण्डा फहराएको छ । पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारोमा उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा आरोहण गरी शिखरमा नेपालको राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा फहराएका हुन ।
किलिमन्जारोमा पहिलो पटक नेपाल प्रहरीको झण्डा फहराइएको नेपाल प्रहरीले जनाएको छ । पण्डितलाई गत २०७२ मंसिर २५ गते प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालबाट नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको थियो ।
पण्डितले संसारका ७ वटा महादेश मध्ये ६ वटा महादेशको सर्वोच्च शिखर सकुशल आरोहण गरि सकेका छन् ।
प्रतिक्रिया