काभ्रेली डन छुटाउने सेटिङमा मनाङगे मुछिए,प्रहरीमा हलचल

dipak mकाठमाडौं । लागूऔषध, ज्यान मार्ने उद्योग र अपहरण मुद्दामा रहस्यमय तरिकाले  काभ्रेली समुहका दावा लामाले  सफाइ पाएपछि प्रहरीमा हलचल मच्चिएको छ  ।  एक बर्ष अगाडी लागूअौषधसहित पक्राउ परेका दावालाई जिल्ला अदालत काठमाडौंले आइतवार सफाई दिने फैसला गरेपछि  सोमवार उनी कारागार मुक्त भएका छन् । १४ ग्राम लागूआषैधसहित दावा र उनका दुई सहयोगी काठमाडौंको बौंद्धबाट पक्राउ परेका थिए । तर अदालतले दावालाई सफाई दिने निर्णय गरेपछि न्यायालयको रबैयामाथि प्रश्न चिन्ह खडा भएको छ   ।

 जिल्ला अदालतका न्यायधिस डिल्लीरत्न श्रेष्ठको ईजालसले दावालाई सफाई दिने फैसाला गरेको हो । लागूऔषधसहित पक्राउ गरेर थुन्दा समेत अदालतले छाडिदिन थालेपछि प्रहरी  गुण्डा नाइकेहरुको व्यबहार हेरेर कारवाहीको मनस्थितीमा पुगेको छ । श्रोतका अनुसार अदालतमा दावाको सेटिङ मिलाउन लामाका गुरु दिपक मनाङगे र कांग्रेश सभाशद् तिर्थ लामा लागेको सुचना अपराध महाशाखाले पाएपछि यिनीहरुलाई  समेत महाशाखाले निगरानीमा राखेको छ । काभ्रेली समुहका नाइके गणेश लामा निकट दावा मनाङगेको नजिक रहेर काम गर्दै आएका छन् ।

ज्यानमार्ने उद्योग मुद्दामा फरार लामालाई तत्कालिन महाशाखाका एसएसपी पुस्कर कार्कीको टोलीले पक्राउ गर्दा उनको साथबाट १४ ग्राम लागूऔंषध  बरामद  भएको थियो । ललितपुरका राजन श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार भएका दावालाई  महाशाखाको टोलीले बौंद्धको नयाँबस्तीबाट पक्राउ गरेको थियो । यि बाहेक रक्तचन्दन तस्करी,अपहरण र फिरौतीका घटनामा पनि दावा मुछिदै आएका छन्

प्रतिक्रिया

सम्बन्धित