दुगडको कालोबजारी मुद्दा कमजोर बनाउन एआईजी थापा सक्रिय

aig thapaकाठमाडौं।काठमाडौं प्रहरीले कालोबजारीको आरोपमा पक्राउ गरेर हिरासतमा राखेका अभियुक्त तथा फरारहरुलार्ई उन्मुक्ति दिन  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी प्रतापसिंह थापा व्यापक सक्रिय भएका छन्  । नेपालको शक्तिशाली व्यापारिक घरानाको रुपमा परिचित केएल दुगड ग्रुुपबाट उत्पादित विभिन्न ब्राण्डका खानेतेल तथा अन्य खाद्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक तरिकाले मूल्यवृद्धि गर्दै कालोबजारीलाई प्रश्रय दिएको आरोपमा उक्त ग्रुुपको काठमाडौं जडीबुटीस्थित बिक्रीकेन्द्रमा महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले छापा मारेर लुकाइराखेको अवस्थामा करिब डेढ लाख लिटर खानेतेलसहित दुई कर्मचारीलाई पक्राउ गरेर कालोबजारी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको एक हप्ता बित्न नपाउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल  र एआईजी थापाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलार्ई उक्त मुद्दा छिटो अदालतमा पेस गरिदिनु भन्दै दबाब दिएको काठमाडौं प्रहरी स्रोतको दाबी छ ।

 स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले कसैको अनुचित दबाब नटेर्ने भएकाले नेपाल प्रहरी तथा गृह मन्त्रालयका कुनै पनि वरिष्ठ अधिकारीहरुले एसएसपी थापालाई दबाब दिन अथवा भनसुन गर्न आँट गर्दैनन् । सोही कारण सीडीओ अर्याल र एआईजी थापाले सिधै उनलार्ई नभनी उनीभन्दा तल्लो तहका प्रहरी अधिकारीहरुलार्ई फोन गरेर उक्त मुद्दाका फरारहरुलार्ई पक्राउ नगरी जतिसक्दो छिटो जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्न दबाब दिएको खुल्न आएको छ ।

 स्रोतका अनुसार एआईजी थापाले उनी मातहत रहेको काठमाडौं प्रहरीले कालोबजारीविरुद्ध व्यापक अपरेसन सञ्चालन गर्दा प्रहरी अधिकारीहरुलार्ई स्याबासी दिनुको सट्टा उल्टै दोषीहरुलार्ई उन्मुक्ति दिने खेलमा लागेपछि काठमाडौं प्रहरीपरिसरका अधिकृतहरु आश्चर्यचकित भएका छन् । विगतमा व्यापक दबाबका बीच युनिटी ठगीकाण्ड तथा नेपाल आयल निगमको इन्धन डिपो भलबारी रुपन्देहीको तेल चोरीकाण्डका आरोपीहरुलार्ई कानुनी कारबाहीमा ल्याउन कुनै कसर बाँकी नराखेका एसएसपी थापाले दुगड ग्रुुपको उक्त मुद्दामा समेत कुनै हालतमा लचिलो नहुने संकेत गरिसकेका छन् । तपाईंलार्ई दुगड ग्रुुपको मुद्दा कमजोर बनाउन र फरारहरुलार्ई पक्राउ नगरी अदालतमा छिट्टै बुझाइदिन दबाब आएको छ रे नि ? माथिबाटै दबाब आएपछि उक्त मुद्दाको अनुसन्धान प्रभावित त हुँदैन ? भन्ने  प्रश्नमा एसएसपी थापाले आफूू एक इन्च पनि कानुनविपरीत काम नगर्ने भएकोले उक्त मुद्दाको विषयमा कसैले त्यस्तो दबाब नदिएको जिकिर गरे ।

  “व्यापारिक आवरणमा जनताको रगत पसिना चुसेर किर्नाजस्तै मोटाएका यिनीहरु देशका ठूूला अपराधी हुन्, यस्ता अपराधीहरुले उन्मुक्ति पाउने गरी छुट दिन वा तिनीहरुसँग मैले कुनै सम्झौता गर्नेवाला छैन’, एसएसपी थापाले भने । उनले अपराधीहरुलार्ई कानुनी कठघरामा उभ्याउने क्रममा भविष्यमा आउनसक्ने दबाबसँग आफूूलार्ई कुनै मतलब नरहेको बताउँदै फरार रहेकालाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको र मुद्दा अनुसन्धानको लागि प्रहरीले पाउने समयसीमाभित्र उत्कृष्ट अनुसन्धान गरेर दोषीहरुलाई हदैसम्मको सजायं दिलाउन आफूू प्रतिबद्ध रहेको बताए । काठमाडौं प्रहरी स्रोतका अनुसार एसएसपी थापाले उक्त मुद्दामा फरार भएर भारतमा लुक्दै आएका उक्त ग्रुुुुुुपका सञ्चालक किशनलाल दुगड र म्यानेजिङ डाइरेक्टर नरेश दुगडलाई पक्राउ गरेर नेपाल ल्याउन काठमाडौं प्रहरीको विशेष टोली भारततर्फ गइसकेको समेत खुल्न आएको आजको आर्थिक दैनिकमा उल्लेख छ  ।

प्रतिक्रिया

सम्बन्धित