आचरण विपरित काम गर्ने सिलवालको पक्षमा हिरो डिएसपी

hirodpकाठमाडौं। मध्यरातमा डिस्कोमा मादक पदार्थ सेवन गरेर  वितण्डा मच्चाएको आरोपमा निलम्बनमा परेका महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा इन्टेलिजेन्स शाखामा कार्यरत  डिएसपी राजकुमार सिलवालको पक्षमा एक हिरो डिएसपी  नै लागेका छन् ।

  पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा दबाब झेलेर अनुसन्धान गरेपछि चर्चामा आएका डिएसपी विनोद शर्माले एक दैनिक पत्रिकाको अनलाइन संस्करणमा सिलवालको सम्बन्धमा छापिएको समाचारमा कमेन्ट गर्दै  लेखेका छन् - '  मैले मेरो साथी सिलवालको पक्ष लिन खोजेको होइन , तर एउटा कुरा उनको बारेमा नलेखी बस्नै सकिन   । सबै प्रहरीले सबै काम गर्न सक्दैन,  महाभारत कि द्रौपदीले भगवान शिबको बेजोड़ भक्ति गरेपछी शिबले के बरदान माग्छ्यौ माँग भन्दा द्रौपदीले प्रभु मलाइ यस्तो पति देउ जो बलवान होस, धनुर्धारी होस, सत्यबादी होस, आज्ञाकारी होस, अति सुन्दर होस भनेर भनेपछि शिबले तथास्तु भनिदिएछन्।

 समय बित्दै गयो द्रौपदीको बिबाह भयो, तर पॉचजना पॉण्डब संग, कुनैदिन फेरी शिब संग भेट हुदॉ द्रौपदीले किन प्रभु मैले पॉच जनासंग बिहागर्नु पर्यो भनि सोध्दा भगवान शिबले तिमीले म संग माग्दा ति पॉच गुण भएका पति पाउँ भन्यौ, त्यस्तो मान्छे नै पाइन तर पॉच जना पॉचै गुण भएका पइयो र तिम्रा पति भए भनेर भनेछन । त्यसरी नै प्रहरीमा सबै गुण भएका मानिस छैनन् र हुन सक्ने पनि भएन । सिलवालमा भएको कुनै गुण अरू कसैमा छैन , हो दारू खाए होलान, खाएपछी बबाल भो होला, निलम्बन पनि भए,कारबाही पनि होला तर कुनै यस्ता पनि काम छन हिजो उनबाट गराएर धेरै हिरो भए । म उनको त्यो क्वालिटीमा कुनै कमी नआओस भनि भगवान संग प्रार्थना गर्दछु ।'पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा दबाब झेलेर अनुसन्धान गरेपछि चर्चामा आएका शर्मा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख भएपछि गुण्डागर्दी र बेश्यावृत्तिविरुद्ध कडा अप्रेसन चलाएर उनले थप लोकप्रियता कमाएका थिए  ।

   तर, एक त  इन्टेलिजेन्स प्रहरी अनि  डिस्को जस्तो सार्वजनिक ठाउँंमा मादक पदार्थ सेवन गरेर  हो - हल्ला गरी   हातपातमा उत्रिएका  सिलवालको पक्षमा शर्मा लागेपछि उनको लोकप्रियता बिस्तारै घट्दै जानेमा दुई मत छैन । आचरण विपरित काम गर्ने जुनसुकै दर्जाका प्रहरीलाई कारबाही गर्न आइजीपी उपेन्द्रकान्त अर्यालले मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।  तर , आचरण विपरित काम गर्ने सिलवालको पक्षमा महाभारतकी द्रौपदीले मागेको गुणसँग दाँजेर कसरी उनलाई चोख्याउन सकिन्छ ? त्यो भने  डिएसपी विनोद शर्मालाई नै थाहा होला    ।

प्रतिक्रिया

सम्बन्धित