नेपालीको पैसाबाट चलेको एनसेल नेपालीलाई नै मुर्ख बनाउने खेलमा

ncellकाठमाडौं । देशकै ठूलो करदाता कम्पनीको रुपमा चिनिएको एनसेल नेपाल प्रालि पुनः विवादमा परेको छ । इन्टरनेट प्रयोग गरी व्यक्ति एवम् संस्थाहरुलाई गैर कानुनीरुपमा ‘वेस्ट क्वालीटी भ्वाइस सर्भिस’ प्रदान गरेको भन्दै नियमन निकाय दूरसञ्चार प्राधिकरणले पाँच लाख रुपैयाँ जरिवानसहित सेवा बन्द गर्न पत्र काटेको छ । एनसेलले केही समय अगाडि चिनियाँ रेडक्रसको लोगो लगाएर सामान आयात गरेको मुद्दा अहिलेसम्म पनि विचाराधीन नै रहेको छ । एउटा मुद्दा सेलाउन नपाउँदै एनसेल फेरि अर्को विवादमा परेको हो ।

 नेपालीको पैसाबाट चलेको  कम्पनी नेपालीलाई नै मुर्ख बनाउने खेलमा लागेको छ ।उच्च तहकै एक कर्मचारीको दोहोरो नागरिकता विवादले निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलभित्र खैलाबैला सुरु भएको छ । एनसेलको ग्राहक सम्वन्ध विभागकी निर्देशक सोमा थापाको दुईवटा नागरिकता रहेको त्यहाँ कार्यरत कर्मचारीहरुको दावी छ ।

  हालैमात्रै सबैभन्दा धेरै आयकर तिरेको भन्दै आन्तरिक राजस्व विभागबाट सम्मानित हुन पुगेको एनसेल भित्र थापाको नागरिकता विषय चर्चाको विषय बनेको छ । पर्सा निवासी युवराज थापासँग विवाह गरेपछि गत असोज ६ गते अंगिकृत नेपाली नागरिकता लिएकी सोमा थापा भारतको कोलकाता इस्तिस बुर्तालामा जन्मिएकी हुन । नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।

 काठमाडौंस्थित भारतीय दूतावासको पत्रले पनि उनी अझै भारतीय नागरिक रहेको पुष्टि गर्दछ । एनसेलले भने थापाको नागरिकताको विषयमा कम्पनीको कुनै प्रतिक्रिया नरहेको भन्दै उनले पेश गरेको नेपाली नागरिकताका आधारमा कम्पनीमा काम गर्दै आएको जनाएको छ कम्पनीद्धारा जारी वक्तव्यमा नागरिकताको कुरा थापाको निजी विषय हो भन्दै उनको नागरिकता वैधानिक हो वा होइन भनेर प्रश्न गर्ने ठाउँमा कम्पनी नरहेको स्पष्ट पारेको छ ।एनसेलका एक कर्मचारी भन्छन–‘उहाँ जुनसुकै देशको नागरिक हुँदा फरक पर्ने विषय होइन । तर, दोहोरो नागरिकता लिएको देखिएकोले अफिसमा विरोध भएको हो ।’एनसेल मुद्रा अपचलनको मुद्दामा परेपछि छानविन हुने क्रममा थापाको दोहोरो नागरिकता पाइएको थियो । तत्कालिन स्पाइस नेपाल हुँदै हालको एनसेलमा काम गर्दै आएकी थापामाथि भीओआईपी मेसिन मार्फत कल बाइपास गरेको आरोप लाग्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।

 दोहोरो नागरिकता लिएको र मुद्रा अपचलन मुद्दामा महानगरिय प्रहरी अपराध महाशाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीविरुद्ध पत्र काटेको एनसेल स्रोतको दावी छ ।स्रोत भन्छ–‘भारतीय दूतावासको दबाब हो कि डर हो, यति धेरै गम्भी र विवादमा तानिँदा पनि एनसेल व्यवस्थापन उनलाई कुनै कारवाही गर्न सक्दैन । मुद्रा अपचलन र दोहोरो नागरिकता विवादमा प्रहरी प्रशासनको चासो बढेपछि केही समय थाप वेतलवी विदामा बसे पनि हाल भने काममा फर्किएकी छन् । देश नै पुरै नाकाबन्दीको चपेटामा परेको बेला एनसेलले एक बिबादास्पद भारतीयलाई पालेर राख्नु सोचनीय छ ।

  जागिर जोगाउन पटक–पटक भारतीय दूतावास पुग्ने गरी थापा कोलकाताको आफ्नो मतदाता परिचयपत्र खारेज गर्न लागिपरेको एनसेलका कर्मचारीको भनाई छ । यो काण्डमा एनसेलको उच्च तहका कर्मचारीबाट संगठित रुपमा अनियमितता र अदृश्य आर्थिक खेल बढेको समेत बुझिएको छ । ‘तल्लो तहका कर्मचारीले सानो गल्ती गर्दा तत्कालै कारवाही हुन्छ, माथिल्लोतहका कर्मचारीले जघन्य अपराध गर्दा पनि संरक्षण हुन्छ भने एनसेल व्यवस्थापन कसरी सञ्चालिन भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।’–एक कर्मचारी प्रश्न गर्छन् । उनी भन्छन–‘ठूला मिडियालाई विज्ञापन दिएर मुख बन्द गरिएको छ, उनीहरु कोही बोल्दैनन् भनेर जे पनि त गर्न र भन्न पाइदैन नि ।’ नेपाल प्रहरीले पनि थापामाथि छानविन गरेर कारबाही गर्ने तयारी गरेको छ । तर एनसेल भने प्रहरी र नेपाल सरकार दुवैलाई झुकाउने खेलमा लागेको देखिन्छ ।- यूनाइटेड पोष्ट साप्ताहिकबाट -

प्रतिक्रिया

सम्बन्धित