डिस्कोमा रक्सी खाएर हातपात गर्ने इन्टेलिजेन्स डिएसपी निलम्बित

silwaकाठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा इन्टेलिजेन्स शाखामा कार्यरत  डिएसपी राजकुमार सिलवाललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ ।  डिएसपी सिलवालकमलादीस्थित टाइम्स डिस्कोमा  रक्सी खाएर  होहल्ला गर्नुको साथै केहीलाई हातपात गरेको आरोपमा निलम्बनमा परेका हुन ।  सिलवाललाई प्रहरी प्रधान कार्यालयले आज निलम्बित गरेको हो ।

  आचरण विपरित काम गर्ने जुन सुकै दर्जाका प्रहरीलाई कारबाही हुने प्रहरीले जनाएको छ । कुनै पनि दर्जाका प्रहरीले आफ्नो सिमा छाडेर पदीय हैसियत भूलि काम गर्छ भने त्यस्तोलाई कारबाही गर्न आइजीपी उपेन्द्रकान्त अर्यालले पनि मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । प्रहरीमा यस्ता अन्य अधिकारी पनि छन कि जो लाजै नमानी बर्दीको आडमा रेस्टुरेन्ट चलाएर बसेका छन  ।

प्रतिक्रिया

सम्बन्धित