चाइना ट्रेड बहुउदेश्यीय सहकारीका अध्यक्ष नै हुण्डी कारोबारी ?

durgaaकाठमाडौं । राजधानीमा अबैध रुपमा हुण्डीको  कारोबार  गर्ने व्यापारी  बिरुद प्रहरीले अप्रेशन चलाए पनि मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा यतिखेर कारोबार मौलाउन थालेको छ   । केही समय अघि  ठमेल, न्यूरोड र सुन्धारा क्षेत्रमा हुण्डीको कारोबार गर्ने विभिन्न आठ मनिचेञ्जरमा छापा मारी ७ जनालाई पक्राउ गरि अपराध  महाशाखाले कारबाही गरेपछि हुण्डी करोबारीहरुको सातो गएको थियो।

  तर ,पछिल्लो समय हुण्डीको कारोबार मौलाउँदै गएको बिभिन्न घटनाक्रमबाट खुलेको छ । तस्करहरुले हुण्डीमार्फत तेस्रो मुलुकमा रकम पठाएर उक्त पैसाबाट अवैध वस्तुको तस्करी गर्ने र अवैध तवरले डलर संकलन गरी विभिन्न माध्यमबाट तेस्रो मुलुकमा डलर तस्करी गरेर विदेशी मुद्राको अपचलन गर्ने कार्य पछिल्लो समय ह्वात्तै बढेको छ ।

   पछिल्लो समय होटेल, मनिचेञ्जर, इलेक्ट्रोनिक्स, सुनचाँदी पसलको आवरणमा हुण्डी र अवैध डलरको तस्करी मौलाएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिइसकेको छ  । श्रोतका अनुसार इलेक्ट्रोनिक्स सामानको व्यापार गर्ने चाइना ट्रेड बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले उक्त सहकारीको झन्डै ४ करोड ५० लाख रकम सुटुक्क निकालेर  सहकारीमै काम गर्ने आफन्तमार्फत  चाइनामा पुर्याएपछी यो घटनाले सहकारीमा हलचल मच्चिएको छ ।

  ६ महिनाअघि बिनोद श्रेष्ठ नामका आफन्त लेखापालले उक्त रकम निकालेका थिए । तर सहकारीको रकम निकालेको अन्य शेयर होल्डरहरुले थाहा पाएपछि अध्यक्ष श्रेष्ठले आफन्त बिनोदमार्फत एक व्यक्तिलाई उक्त रकम दिएको झुटो प्रपन्च रची प्रहरीमा फसाउन खोज्दा  यो काण्ड बाहिर आएको हो ।

  अध्यक्ष  श्रेष्ठले उक्त रकम मध्यबाट चाइनामा अपार्टमेन्ट किनेको एक शेयर होल्डरले वताए।सहकारीले ठगिएको बिषयमा उजुरी नगर्ने तर आफ्नो धन्दा लुकाउन श्रेष्ठले सहकारीमै सँलग्न नभएका व्यक्तिहरुलाई फसाउन खोजेपछि महानगरिय प्रहरीलाई टाउको दुखाइको बिषय  बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित