हतियार बोकेर बसेको प्रहरीको भगौडा समुहमाथि गोली प्रहार

काठमाडौं। महानगरीय  प्रहरी अपराध मpesहाशाखाको टोलीले गेस्ट हाउसमा हतियार बोकेर बसेको  प्रहरीको भगौडा जवानको समुहलाई  गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। सुन्धाराको एक गेस्ट हाउसमा रहेको उक्त समुहले प्रहरीसँग प्रतिकार गर्न खोज्दा रौतहट निवासी भगौडा जवान छोटेलाल ठाकुर घाइते भएको एसपी सहकुल थापाले जानकारी दिए। उनको खुट्टामा गोली लागेको छ ।

  उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल र कटुवा बन्दुक बरामद भएको छ। ठाकुरले  प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए।

  राजाधानीका डन कुमार श्रेष्ठ घैटे इन्काउन्टर पछि हतियार देखाएर आतंक मच्चाउने समुहबिरुद्द  महाशाखा फेरी कडा रुपमा प्रस्तुत हुन लागेको यो घटनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित