फेसबुकमार्फत अाईजीपीप्रति आक्रोश पोखे एआईजीले

bhandariकाठमाडौं।नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग टसल परेपछि विशेष पद सिर्जना भइ  राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा फालिएका एआईजी राजेन्द्रसिंह भण्डारीले सामाजिक सन्जाल फेसबुकमार्फत घुमाउरो पारामा आईजीपी अर्यालप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् -' प्रशिक्षण प्रतिष्ठानको बसाइ अबधि टुंगियो, परम्परागत प्रशिक्षण शैलीमा आमुल परिबर्तनको आबस्यकता महशुस गरि तदअनरुप प्रशिक्षण बिकासका केहि सदप्रयासहरु प्रतिष्ठानमा अंकुरित भएको महशुस गर्न सकिन्छ । कसैको गिद्दे दृष्टिको कोपभोजनमा प्रतिष्ठान आधुनिकिकरणको मद्दा तुहिने छैन भन्ने मेरो बिश्वास रहेको छ । यस प्रतिष्ठानका भरपर्दा प्रशिक्षकहरुले प्रतिष्ठान आधुनिकिकरणको मुद्दालाइ निष्कर्षमा पुर्याउने बिश्वास लिएको छु ।'

मन्त्रिपरिषदको  मंगलबार साँझ बसेको बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख भण्डारीलाई प्रहरी महानिरीक्षकको कार्यालयमा दरबन्दी रहनेगरी विशेष पद सिर्जना गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा राख्ने निर्णय गरेको थियो  । प्रतिष्ठानमा रहँदा उनले राम्रा काम गरेपनि राजनीतिक दलका नेताहरुलाई आफु खुशी कार्यक्रमहरु बनाएर भाषण गराउने र अनुचित सम्बन्ध बढाएको भन्दै आईजीपीले पत्र काटेर स्पष्टिकरण मागेका थिए  ।

त्यसपछि भण्डारीमाथि मिडियाबाजिमा उत्रिएको आरोप लागेको थियो  । उनले  कसैको गिद्दे दृष्टिको कोपभोजनमा प्रतिष्ठान आधुनिकिकरणको मद्दा तुहिने छैन भन्ने मेरो बिश्वास रहेको  छ भन्दै घुमाउरो भाषामा आईजीपी अर्यालप्रति आक्रोश पोखेको चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित