हवाइ इन्धन र ५० हजार घुस सहित चितवनबाट तीन पक्राउ

tankarकाठमाडौँ । अबैध रुपमा हवाइ इन्धन बोकेर  नेपालगन्जबाट काठमाडौंतर्फ आइरहेको नेपाल आयल निगमको ट्यांकर सहित तीन जना पक्राउ परेका छन्   ।   वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी निरिक्षक सत्यनारायण थापाको टोलिले सोमबार बेलुका बेलचोकस्थित बिनोद अबस्थीको घरमा ना २ ख ४३६५ नम्बरको हवाइ इन्धन बोकेको गाडीबाट इन्धन  अनलोड गर्दै राखेको अवस्थामा  उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा  बिनोद अबस्थी,गाडीका ड्राइभर सोमलान ब्लन र किशोरी पटेल रहेका छन् । बीरगन्ज घर भएका पटेलले  गाडी छुटाउन प्रहरी निरिक्षक थापालाई ५० हजार घुसको अफर गरेको प्रहरीले जनाएको छ।  प्रहरीले पटेलबाट उक्त रकम बरामद समेत गरेको छ।

झन्डै १२ हजार लिटर हवाइ इन्धन बोकेर काठमाडौंतर्फ गइरहेको उक्त गाडीले करिब ३  हजार लिटर इन्धन अबस्थीको घरमा लुकाएर तारपिन तेल बनाउनका लागि किनेको  प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार  नेपालगन्ज नाकाबाट  विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री गर्दै नारायणगढ आइपुगेपछि निजी घरमा इन्धन झार्दै गर्दा नियन्त्रणमा लिइएको हो । अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित