एआईजी भण्डारी कारबाहीमा पर्ने !

aigbhandarinकाठमाडौं। तराई आन्दोलनका कारण  देशको  सुरक्षा अवस्था  जटिल बन्दै गइरहेको बेला संगठनकै  बदनाम हुने गरी मिडियाबाजीमा उत्रिएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी राजेन्द्रसिंह भण्डारी कारवाहीमा पर्ने भएका छन् ।  एआईजी भण्डारीले  प्रहरी संगठनकै  बदनाम हुने गरी दिनहु जसो मिडियामा अभिव्यक्ति दिएका कारण आईजीपी उपेन्द्रकान्त अर्यालले स्पष्टिकरण सोधिसकेका छन्  । उनले संगठनको चेन अफ कमाण्ड विपरित काम गरेको भन्दै  आईजीपी अर्यालले कारबाही गर्ने तयारी गरेको स्रोतको भनाइ छ  ।

क्षमता अभिवृद्धिको नाममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख  एआईजी  भण्डारी  र अपराध अनुसन्धान विभागका एआईजी सुरेन्द्र बहादुर शाहले राजनीतिक दलका नेताहरुलाई आफु खुशी कार्यक्रमहरु बनाएर भाषण गराउने र अनुचित सम्बन्ध बढाएको भन्दै आईजीपीले पत्र काटेर चेतावनी दिएका थिए   ।

तर, त्यस विपरित एआईजी  भण्डारीले भने आफ्नो लगानी रहेको कान्तिपुर दैनिक मार्फत संगठन बिरोधी काम गर्न थालेपछि कारवाहीमा पर्न लागेको प्रहरीमा चर्चा छ । एआईजी  भण्डारीलाई कस्तो कारवाही गर्ने भन्ने बिषयमा आईजीपी अर्यालले गृहमन्त्री शक्ति वस्नेतसँग परामर्श गरिसकेको स्रोतले वतायो।

प्रतिक्रिया

सम्बन्धित