चिप्स जडान गरी पेट्रोल पम्पद्वारा ठगी

petrolकाठमाडौं  । महानगरिय प्रहरी अपराध महाशाखाले राजधानीका आधा दर्जन बढी  पेट्रोल पम्पमा छापा मारेको छ । मिटर बिगारी कम पेट्रोलियम पदार्थ बाँड्ने गरेको सुचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल आइतबार पेट्रोल पम्पका मिस्ट्रीसहित आफै अनुगमनमा निस्किएका थिए।

  ६ वटा टोलिद्वारा एकै पटक बालाजुको क्रिस्टल, स्वयम्भूको बंगलामुखी आयल स्टोर, थानकोटको सूर्य ट्रेडर्स, सातदोबाटोको महालक्ष्मी आयल स्टोर, बालकुमारीको युनिक पेट्रोल पम्पलगायतका पम्पमा छापा मारिएको थियो ।

   छापा मार्ने क्रममा  चिप्स जडान गरी  मिटरले पेट्रोल देखाउने तर तेल कम आउने प्रमाण  फेला परेको थियो ।   १ सय  लिटरमा २ देखि ४ लिटरसम्म तेल कम आउने प्रमाण भेटिएको महाशाखाका एसपी सहकुल वहादुर थापाले वताए   ।  प्रहरीले केही भारतीय  मिस्ट्रीलाई पक्राउ गरेपछि उनीहरुकै  बयानकै आधारमा  पेट्रोल पम्पमा छापा मारेको हो।

प्रतिक्रिया

सम्बन्धित